यी हुन् सेनाका जर्नेल फसाउने युवती, बैंकको ५ करोड हिनामिनामा मुछिए
काठमाडौं, ४ पुस । कृषि विकास बैंककी एक सहायकस्तरकी कर्मचारीको बदमासीका कारण अहिले नेपाली सेनाका एक उच्च अधिकारी आन्तरिक छानबिनमा तानिएका छन् । कृषि विकास बैंकको सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर बैंकमा करिब ५ करोड हिनामिना गरेपछि अनुसन्धानमा सेनाका जर्नेल पनि मुछिएका हुन ।
यी दुईसँगै बैंकका अन्य चार कर्मचारी प्रहरी हिरासतमा पुगेका छन् । सेनाका जर्नेल बाहेकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पक्राउ गरिसकेको छ भने जर्नेल कोर्ट मार्सलमा परेका छन् ।
उनीहरु सबै तिनै युवतीको बदमासीका कारण फसेका हुन् । उक्त घोटालामा नेपाली सेनाका बहालवाला सहायक रथीमाथि सेनाले कोर्टमार्सल सुरु गरेको छ । घोटालाको रकम उपरथी डा. रमेश बिष्टको खातामा भेटिएपछि सिआईबी र सेनाले उनीमाथि पनि छानबिन थालेको हो ।
कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ गायब भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले गत साता पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर रेग्मीसहित पियन अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानमा थप कर्मचारी पनि तानिएका हुन् ।

ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले बताए । दिपिकासँगैको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो । उनको खाता रोक्का भइसकेको छ । सैनिक प्रहरीले गत साता नै उक्त घटनासम्बन्धी कागजपत्र सिआईबीबाट लिएर जर्नेलमाथि आन्तरिक छानबिन सुरु गरिसकेको छ ।
सिआईबी स्रोतका अनुसार दिपिकाले बैंक ठगी गरेकोबारे जर्नेल बिष्ट र दिपिकाकी आमा पहिल्यैदेखि जानकार थिए । दिपिकाका बाबु पनि सोही बैंकका पूर्वकर्मचारी हुन् । लागूऔषध, बलत्कार तथा हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दाबाहेक अन्य फौजदारी अपराधमा बहालवाला सैनिक कर्मचारी संलग्न भएको अवस्थामा सैनिक ऐनअनुसार सेनाले नै आन्तरिक छानबिन गरी सजाय गर्ने सैनिक ऐनको प्रावधान छ । बैंक ठगी मुद्दा पनि सेनाले नै आन्तरिक अनुसन्धान गरी सैनिक अदालतले कारबाही गर्ने गर्दछ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












