अमेरिकामा झापालीहरु संगठित, झापाली समाज अमेरिका गठन
अमेरिका, १९ डिसेम्बर । अमेरिकामा झापाली समाज अमेरिका गठन भएको छ । अमेरिकामा रहेका झापाली तथा नेपालीहरुलाई आपत विपतमा सहयोग गर्दै आफ्नो जन्मभूमि र देशको बिकासमा सहयोग पुर्याउने उद्देश्यका साथ झापाली समाज अमेरिका गठन भएको हो ।
अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका डा. शम्भु ढुङ्गानाको सभापतित्वमा भएको टेलिकन्फरेन्सले मुकुन्द ढुंगानाको अध्यक्षतामा २५ सदस्यीय झापाली समाज अमेरिका गठन गरेको हो । उक्त भेलामा समाजसेवी हेम पाठक अतिथि र अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाले विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।
समाज गठन गर्नका लागि आयोजित उक्त भेलामा एनआरएन आइसिसी सदस्य बेद बस्नेत, अमेरिकाका उपाध्यक्ष राम कुमार सुवेदी, डा. गोपी उप्रेतीले पनि सम्बोधन गरेका थिए । उक्त भेलाको सञ्चालन निलम बिमलीले गरेका थिए भने डा. शम्भु ढुंगाना, हेम पाठक, डा. गोपी उप्रेती, प्रेम संग्रौला, डा. तुलसी उप्रेती, साहित्यकार कृष्ण धाराबासी र डा. मदन उप्रेती रहेको सात सदस्यीय सल्लाहकार समितिको पनि गठन गरिएको थियो ।
नवगठित झापाली समाज अमेरिकाको उपाध्यक्षहरु साहित्यकार सिता पाण्डे, प्रदीप वस्नेत अनिल ओली र महासचिवमा निलम बिमली सर्बसम्मत चयन भएका छन । त्यसैअनुरूप सदस्यहरुमा डा. लिला खतिवडा, डा. खगेन्द्र दाहाल, डिल्ली थापा, डा. पर्शुराम दाहाल, मोहन निरौला, मोहन ओली, दिपक पाण्डे, गोपाल प्याकुरेल, विदुर खतिवडा, याम सिटौला, सावित्रा ओली, कविन्द्र सिटौला, टिका पौडेल र बादल भुजेल रहेका छन् ।
साथै भेलाले तदर्थ समितिलाई विधान तयार गरी संस्था दर्ता गर्ने र झापालीहरुको लगत सकंलन गरी अमेरिकाको विभिन्न राज्यहरुमा समितिहरु गठन गरी सम्मेलन गर्ने लक्ष्य लिएको छ। बिश्वभरिका झापालीहरु एकताको सुत्रमा बाधिएर समाजको विकासमा समर्पित हुनुलाई सकारात्मक कदम ठान्दै अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखेरेलले अमेरिकामा संगठित झापाली समाजलाई सहकार्यको लागि आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












