यी हुन्, वाम एकताको विपक्षमा रहेका एमालेका ११ र माओवादीका ७ नेताहरु (सूचीसहित)
काठमाडौं, ४ पुस । निर्वाचन सम्पन्न भएसँगै एमाले र माओवादीबीच पार्टी एकताको कुराले निकै चर्चा पाईरहेको छ । कसैले एकता हुनै सक्दैन् भनिरहेका छन् भने कसैले एकताको लागि जनताले म्यान्डेड पनि दिईसकेकोले हुनैपर्ने बताउँदै आएका छन् । यतिबेला यस्तै कुराले बजार तातिरहेको छ । एमाले र माओवादी कै नेता कार्यकर्ताहरु समेत दुई ध्रुबमा बाँडिएका छन् । अधिकांश नेता तथा कार्यकर्ताहरु एकताको पक्षमा रहेपनि केहीले यसको विरोध गरिरहेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन लगत्तै पार्टी एकता गर्ने भनेर गठबन्धनमा जोडिएका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले पार्टी एकता गर्ने कि नगर्ने भन्ने दोधारमा पुगेका छन् । एमालेका शीर्ष नेताहरु पहिलेको सहमति अनुसार पार्टी नेतृत्व माओवादीलाई दिन आनाकानी गर्न थालेपछि माओवादी केन्द्रले पनि अहिले सरकार र पार्टी एकता सँगसँगै भन्ने प्रस्ताव गरेको छ ।
माओवादी केन्द्रले सरकार गठन र पार्टी एकता सँगसँगै लैजान प्रस्ताव गरेको छ भने एमालेले यसमा आधिकारिक धारणा भने बनाएको छैन् । पार्टीको आधिकारीक धारणा नभएपनि विभिन्न नेताहरुले फरक फरक तरिकाले टिप्पणी गरेका छन् । जसले गर्दा माओवादीभित्र आशंका पैदा भएको छ ।
सोमबारको माओवादी बैठकले पनि एमालेप्रति अविश्वासको भाव व्यक्त गर्दै पार्टी एकता र सरकार गठन सँगसँगै भनेपछि एमाले र माओवादीबीचको पार्टी एकता प्रक्रियामा चिसोपना छाएको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी माओवादीको सोमबारको बैठकको सार भनेको नै एमालेले पार्टी नेतृत्व आफूलाई नदिने भयो भन्नेखालको देखिएको बताउँछन् । उनी सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने माओवादी निर्णय एमालेले नै पार्टी अध्यक्ष पनि पड्काउने भयो भन्ने सोचाई माओवादीको देखिएको बताउँछन् ।
कृष्ण महराको नोट अफ डिसेन्टः
आईतबार दुई पार्टीहरुले आफूहरु सँगसँगै रहेको देखाउन संयुक्त पत्रकार सम्मेलन त गरे तर पत्रकार सम्मेलनपछि सोमबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा पार्टी एकताको विषयलाई लिएर प्रभावशाली नेता कृष्णबहादुर महरालले ‘नोट अफ डिसेन्ट’ जाहेर गरेका छन् । उनले ‘एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै पार्टी एकता जटिल रहेको’ बताएका थिए ।
यी हुन् एकताको विपक्षमा रहेका नेताहरुः
त्यसो त पार्टी एकताको विपक्षमा रहने नेताहरु यी दुई पार्टीमा खुलेरै लागेका छन् । एमालेका दुई पोलिटब्यूरो सदस्य र एक जना केन्द्रीय कमिटी सदस्य सहित ११ जना केन्द्रीय तहका नेताहरु पार्टी एकताको विपक्षमा देखिएका छन् । जसमा पोलिट्ब्यूरोहरुमा चौधरी र बेदुराम भुषाल, केन्द्रीय सदस्य डा. विजय पौडेल लगायत छन् । त्यस्तै, माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा र वर्षमान पुन, मात्रिका यादव सहितका ७ जना केन्द्रीय तहका नेताहरु पनि पार्टी एकताको विपक्षमा रहेका छन् ।
ओली र प्रचण्डको जथाभाबी नबोल्न कार्यकर्तालाई निर्देशनः
उनीहरु भने खुलेर विपक्षमा रहेका नेताहरु हुन् । यी बाहेक पनि धेरै नेता तथा कार्यकर्ताहरुले पार्टी एकताको विपक्षमा वकालत गर्न डराईरहेको अवस्था पनि देखिन्छ । यस्तो अवस्थामा पार्टी एकताको पक्षमा रहेका नेता कार्यकर्ताहरुमा भने पार्टी एकता नहुने त्रास सिर्जना भएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता महराको नोट अफ डिसेन्टले माओवादीभित्र खैलाबैला मच्चिएको छ भने एमालेलाई पनि सोच्न बाध्य बनाएको छ ।
एमाले नेताहरु माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुले पार्टी एकतालाई फरक फरक ढंगले विश्लेषण गरिरहेका छन् । त्यस्तै माओवादी नेताहरु महरा, वर्षमान पुन लगायतका नेताहरुले पनि पार्टी एकतालाई खुलेरै स्वीकारेका छैनन् । तर पार्टी नेतृत्वले भने पार्टी एकताको कुरा जनताले अनुमोदन गरिसकेको भन्दै जसरी पनि भएरै छाड्ने बताईरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता तथा कार्यकर्तालाई पार्टी एकताका विषयमा जथाभावी नबोल्न निर्देशन दिईसकेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











