वीरगञ्जको सुपर ग्यास उद्योगमा आगलागीको दर्दनाक अवस्थाका पाँच तस्बिर
पर्सा, ५ पुस । सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । आज बिहान आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । आगो निभाउन पुगेका अग्नि नियन्त्रक मधुसुदन मिश्र र दमकलका चालक यादव अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो । आगलागीमा परी ३ जना घाइते भएका छन् । आगो निभाउन जाँदा जलेर घाइते भएका वीरगंज वारुणयन्त्रका कर्मचारी भोजपुरका सञ्जीव नेपाल र अर्का वीरगञ्ज महानगरपालिकाका अरुण महतोलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकल समेत जलेको प्रहरीले जनाएको छ । ग्यास उद्योगबाट एक जनाको जिबितै उद्धार गरिएको छ । उनको शरीर पुर्ण रुपमा जलेको बताइएको छ ।
सामान्य दमकलले आगो नियन्त्रण लिन नसकिने भएकाले भारतबाट अत्याधुनिक दमकल मगाइएको वीरगन्जका प्रमुख जिल्ला अधिकारी बिनोदप्रसाद सिंहले जानकारी दिए ।
आगो नियन्त्रण बाहिर गएपछि नजिकको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ग्यास उद्योग नजिक रहेको इटिहाई बस्ती खाली गराइएको हो । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । आगो फैलिँदै गएपछि वरपरका बासिन्दा त्रसित भएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












