यी हुन्, एमालेसँग वाम एकता हुनेविक्तिकै विद्रोहको तयारीमा बसेका माओवादी नेताहरु
काठमाडौं, ५ पुस । एमाले र माओवादीबीचको पार्टी एकिकरणको चर्चाले नेताहरु दुई ध्रुबमा बाँडिएका छन् । चुनाव लगत्तै पार्टी एकिकरण गरेर जाने बताउँदै जनताबाट जनमत प्राप्त गरिसकेका एमाले-माओवादीभित्र अहिले अाएर पक्ष विपक्षका स्वरहरु बाहिरिन थालेका छन् । माओवादी केन्द्रका केही नेताहरुले त पार्टीभित्र विद्रोहको तयारी नै गरेका छन् ।
एमालेभित्र पनि पार्टी एकताको विपक्षमा केही नेताहरु भएपनि उनीहरु त्यति खुल्न सकेका छैनन् । तर माओवादी केन्द्रमा भने पार्टी एकता हुनेविक्तिकै विद्रोहको तयारीमा केही नेताहरु बसेका छन् । पार्टी हेडक्वार्टरले एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय गरेकै बेला माओवादी केन्द्रभित्र भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि बढेको हो ।
असन्तुष्ट समूहले भरसक एकता प्रयास विफल पार्ने वा नसके पार्टी एकताको विरोध गर्दै बाहिरै बस्ने रणनीति लिएको छ । एकता विरोधीको समेत दुई खेमा छ । एक खेमाको नेतृत्व गोपाल किराती र अर्को खेमाको नेतृत्व विश्वभक्त दुलाल ‘आहूति’ ले गरेका छन् । पार्टी एकता गर्न नहुने भन्ने तर्क पनि दुई नेताको फरक–फरक छ ।
किरातीले एमालेसँग एकताको कुरा गर्दा नेतृत्वले माओवाद र पहिचानको मुद्दा अलपत्र पारेर एमालेमा समाहित हुन खोजेको आरोप लगाएका छन् । आहूतिले भने माओवादी एमालेमा मिसिनुलाई ‘परम्परागत संसदीय भासमा फस्नु’ भएको तर्क गर्दै एकता प्रयासबारे विमति राख्दै आएका छन् ।
किरातीले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको घोषणा भएलगत्तै माओवादी केन्द्र पुनगर्ठन गर्ने भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले माक्र्सवाद र पहिचानको मुद्दा नछाडेको बताएपछि उनी फर्किएका थिए । यद्यपि पछिल्लो समय उनी पार्टीको सक्रिय गतिविधिमा छैनन् । सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय कार्यालयको बैठकमा समेत किराती गएनन् ।
आहूति माओवादीमा माक्र्सवादको गहिरो शास्त्रीय अध्ययन गरेका वैचारिक नेता हुन् । उनले वषौंदेखि आदरपूर्वक नेता मान्दै आएका नारायणकाजी श्रेष्ठ भने पार्टी एकताका सूत्राधार बनेका छन् । श्रेष्ठ कुनै हालतमा एकता भाँडिन नहुने भन्दै गोरखा–२ बाट निर्वाचनमा पराजित भएपछि पनि एकता प्रयासलाई सार्थक निस्कर्षमा पुर्याउन सक्रिय भएका छन् । आफूहरुको असहमतिबीच पार्टी एकता भए त्यसमा सहभागी नहुने निस्कर्षमा किराती र आहूति पुगेका छन् ।
http://news-nepal.com/712662-2/
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












