वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा, करोडौंको क्षती
वीरगञ्ज, ५ पुस । वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ । वीरञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरस्थित सुपर ग्यास उद्योगमा आज विहान ६ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीवासीको ९ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।
आगो नियन्त्रणमा आएपछि त्यसक्षेत्रको जनजीवन केही सामान्य बनेको छ। आगलागी नियन्त्रणमा आएसँगै सुरक्षाकर्मी उद्योगभित्र प्रवेश गरेका छन्। आगलागीबाट बारुणयन्त्रका कर्मचारी यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
भारतबाट ल्याइएको ग्यास बुलेटबाट उद्योगको ट्याङ्कीमा ग्यास भर्ने क्रममा आगलागी भएको थियो। मंगलबार राति उद्योगमा ग्यास बुलेट बोकेर ४ वटा भारतीय बुलेट आएका थिए।
ती मध्ये एउटा बुलेट आगलागीबाट ध्वस्त भएको छ भने तीन वटा बुलेटका टायरमात्र जलेका छन्। त्यस्तै आगलागीबाट ग्यास ओसार्न प्रयोग गरिने दुई वटा मिनिट्रक पनि नष्ट भएका छन्। घाइते मध्ये दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने एक जनाको वीरगंजमा उपचार भइरहेको छ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











