कलियुगको ‘कृष्ण’ भन्दै दैनिक १० किशोरीको बलात्कार गर्ने बाबा पक्राउ
एजेन्सी, ७ पुस । कलियुगको ‘कृष्ण’ भन्दै १६ हजार पत्नी बनाउने उद्देश्यका साथ दैनिक १० किशोरीको बलात्कार गर्ने एक बाबा पक्राउ परेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा बलात्कारको आरोपमा एक कथित बाबालाई पक्राउ गरिएको हो ।
रोहिणीको विजय विहार क्षेत्रमा आध्यात्मिक विश्वविद्यालयको नाममा आश्रम चलाउँदै आएका वीरेन्द्र देव दीक्षितलाई पक्राउ गरिएको हो । उनले आफूलाई कलियुगको ‘कृष्ण’ बताउँदै आएका थिए ।
बुधबार आध्यात्मिक विश्वविद्यालयमा छापा मारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उच्च न्यायालयमा दीक्षितविरुद्ध मुद्दा दायर गरेकी सीमा शर्माका अनुसार ती कथित बाबाले लागू औषध प्रयोग गरेर दैनिक १० किशोरीलाई बलात्कार गर्दै आएका थिए । किशोरीलाई नग्न बनाएर उनीहरुबाट आफ्नो शरीर मालिस गराउने गरेको पनि सीमाले खुलासा गरेकी छन् । उनले १६ हजार महिलालाई पत्नी बनाउने लक्ष्यसहित शारीरिक सम्बन्ध बनाउँदै आएको पनि बताइएको छ ।
अदालतमा मुद्दा दायर गरेकी राजस्थानकी महिलाका अनुसार उनी ती बाबाको आश्रममा अनुयायी बनेर बसेकी थिइन् । आफ्ना चार छोरीलाई पनि उनले बाबाको भक्तिमा आश्रममै छोडेकी थिइन्, तीमध्ये एक नाबालिग रहेको बताइन्छ । छोरीले आफू बाबाबाट बलात्कृत भएको बताएपछि उनले मुद्दा दायर गरेकी हुन् ।
पीडित महिलाले आश्रममा आउने महिलालाई ‘गोपीनी’ बनाउन भन्दै बाबाले शारीरिक शोषण गर्ने गरेको बताएका छन् । प्रहरीले छापा मार्ने क्रममा आश्रमबाट कयौं किशोरी तथा महिलाको उद्धार गरेको छ ।
आश्रमबाट बाबाकै केही अश्लिल भिडियो र आपत्तिजनक सामानसमेत बरामद भएको प्रहरी अधिकारीले जनाएका छन् । भारतमा यसअघि पनि यस्ता धार्मिक बाबाको नाममा यौनहिंसा गर्दै आएका कैयौ व्यक्ति पक्राउ परिसकेका छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












