देउवाले बोलाएको पाँच दलको बैठक निष्कर्षविहीन, सबै दल आ-आफ्नै अडानमा
काठमाडौं, ७ पुस । राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्यादेशमा सहमति जुटाउन बसेको प्रमुख पाँच दलको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक विना निष्कर्ष टुंगिएको हो ।
बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमति खोजेका छन् । तर, एमालेले आपत्ति जनाएको छ । बैठकपछि बाहिरिएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘दुईवटा एजेन्डा रहे पनि सहमति जुटेन।’
सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सहमति हुन नसकेको प्रतिक्रिया दिए। ‘राष्ट्रपतिसमक्ष पठाएको विधेयक स्वीकृत नगरेसम्म अरु प्रकृया अगाडि बढ्दैन भन्ने हाम्रो धारणा राख्यौं,’पौडेलले भने। उनले दलहरुबीच सहमति भइनसकेको बताए।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिकहाँ गएको अध्यादेश र त्यसअघि तयार भएको विधेयकको अन्तर्वस्तुमा फरक भएकोबारे छलफल गरिएको बताए। ‘हामीले संविधानमा एकल संक्रमणको व्यवस्था नरहेको बतायौं,’ उनले भने, ‘त्यसैले नयाँ सरकार गठनका लागि सरकारले मार्ग प्रशस्त गर्नुपर्छ भन्यौं।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











