प्रचण्डले गरे यस्तो खुलाशा,’ओली र मैले पालैपालो पाँच वर्ष सरकार चलाउँछौ’
चितवन, ७ पुस । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । शुक्रबार प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको दाबी गरे ।
‘सम्भवतः भोलि (शनिबार) एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउँछौं । ओली र मबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको हो ।’ चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि पहिलोपटक जिल्ला पुगेका अध्यक्ष प्रचण्डले पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको बताए ।
राष्ट्रियसभा र सरकार गठनबारे पाँच दलमा गम्भीर छलफल भएको तर, सहमति नजुटेको उनले बताए । ‘सरकार गठनका लागि कुुनै समस्या छैन निर्वाचन आयोगले पनि तयारी गर्दैछ’, अध्यक्ष प्रचण्डले भनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै शीर्ष नेतालाई फोन गरेपछि पाँच दलको बैठक बस्नु संयोगमात्रै भएको भन्दै उनले बैठक बस्ने कुरा यसअघि नै तय भएको स्पस्ट पारे ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











