भक्तपुरमा १ वर्षमा ७ जनाको हत्या, ११ महिला बलात्कृत
भक्तपुर, ७ पुस । भक्तपुरमा एक वर्षमा १५१ मानवाधिकार हननका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८’ का लागि संकलित घटना विवरण आज सार्वजनिक गर्दै जिल्लामा विगत वर्षका तुलनामा यस वर्ष मानवाधिकार हननका घटनामा कमी नआएको जनाएको छ ।
घटना सार्वजनिक गर्दै इन्सेक भक्तपुर प्रतिनिधि सविना केसीले जिल्लामा सन् २०१८ मा गैरराज्य पक्षबाट सात जनाको हत्या भएको तथा बलात्कारको घटनामा तीन बालिका र आठ महिला तथा बलात्कार प्रयास घटनामा चार महिला र एक बालिका एवं बहुविवाह घटनामा चार र घरेलु हिंसाबाट १२४ महिला पीडित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लामा भएका घटना हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको बताउँदै घटनारहित समाज निर्माणमा प्रशासन, प्रहरी र सञ्चारकर्मी र नागरिक समाज सबैको सहयोग र सहकार्य जरुरी छ भन्नुभयो । जिल्लामा घरेलु हिंसा डरलाग्दो चुनौतीका रुपमा रहेको बताउँदै उहाँले यस्ता घटनाले आत्महत्यासमेत बढेकाले न्यूनीकरण गर्न कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले शान्त र सुरक्षित भक्तपुर प्रयास भएको बताउँदै विगतको तुलनामा जिल्लामा अपराधका घटनामा केही कमी हुँदै गएको जिकिर गर्नुुभयो । सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले मानवाधिकार उलंघनका घटना न्यूनीकरण गर्न स्थानीय निकायले सहयोग र सहकार्य गर्ने बताउनुभयो ।
मानवअधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्यालले गत वर्ष छ जनाको हत्या, १२ जनाको बलात्कार, छ जनाको बलात्कार प्रयास, पाँच जनाको बहुविवाह, एक जनाको मानव बेचबिखन र २०९ जनामा घरेलु हिंसा भएको बताउँदै मानवाधिकार उल्लंघनको घटना गत वर्षभन्दा यस वर्ष प्रभावकारी रुपमा घटाउन नसकिएको स्वीकार्नुभयो । रासस
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












