प्रदेशसभाको समानुपातिक सिटमा ७५ सिटसहित एमाले पहिलो, कुन प्रदेश कसको कति ?
काठमाडौं, ७ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले २ नम्बर प्रदेश बाहेक सबैमा पहिलो भएको छ ।
प्रदेश १ मा एमाले पहिलोः
प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सिट पाएका छन् ।
प्रदेश २ मा कांग्रेस पहिलोः
प्रदेश नम्बर २ मा भने कांग्रेस पहिलो भएको छ । कांग्रेसले प्रदेश २ बाट समानुपातिकमा ११ सिट पाएको छ भने राजपाले १०, संघीय समाजवादी फोरमले ९ र एमालेले ७ सिट पाएका छन् । त्यस्तै माओवादी केन्द्रले ५ सिट पाएको छ भने नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ ।
प्रदेश ३ मा एमाले पहिलोः
प्रदेश नम्बर ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । त्यस्तै कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट पाएका छन् । नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ ।
प्रदेश ४ मा १० सिटसहित एमाले नै पहिलोः
प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक एक सिट पाएका छन् ।
प्रदेश ५ मा पनि एमाले पहिलोः
प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट जितेका छन् । त्यस्तै संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् ।
प्रदेश ६ मा एमाले ६ कांग्रेस ५ः
प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५,माओवादीले ४ सिट पाएका छन् । सो प्रदेशबाट राप्रपाले पनि एक सिट पाएको छ ।
प्रदेश ७ मा एमाले कांग्रेस बराबरीः
प्रदेश नम्बर ७ बाट एमाले र कांग्रेसले बराबरी ८र८ सिट पाएका छन् । माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ ।
समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५ र कांग्रेसले ७२ सिट पाएका छन् । त्यस्तै माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ भने राप्रपा र विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












