दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण
फलेवास, पर्वत, ९ पुस । पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न महिलाको पाठेघर तथा स्तन उपचार शिविरमा २०० भन्दा बढीको परीक्षण गरिएको छ । चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी एकदिने शिविरमा उक्त संख्यामा महिलाको परीक्षण गरिएको हो ।
स्थानीय सामाजिक संस्था सिसेफ नेपाल पर्वतको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा उपचार गर्नका लागि सदरमुकाम कुश्माबजारका साथै गाउँगाउँदेखि महिला आएका थिए ।
आर्थिक अभावका कारण लामो समयसम्म रोग बल्झाएर राखेका महिलाको पनि शिविरमा उपचार गरिएको क्लबका संस्थापक टंक लामिछानेले जानकारी दिनुभयो । सो अवसरमा पाठेघरमा मासु पलाएका, पाठेघरको क्यान्सर भएका तथा स्तनमा गाठागुठी, स्तन क्यान्सरको लक्षण देखिएका बिरामी भेटिएका थिए ।
उनीहरूलाई आवश्यक सल्लाहसहित औषधिसमेत वितरण गरिएको थियो । उक्त शिविर सञ्चालनका लागि स्थानीय लायन्स क्लबले समेत साझेदारी गरेका थिए । सो अवसरमा सहभागीले यस्ता संवेदनशील शिविर सदमरुकाममा मात्र नभई गाउँगाउँमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । रासस
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












