आइजीपी अर्यालको निर्देशन, ‘नवराज सिलवाललाई सहयोग गर्ने पाँच पत्रकारलाई पक्राउ गर’
काठमाडौं, ९ पुस । पूर्वडीआईजी नवराज सिलवालविरुद्धको सरकारी कागजात कीर्ते मुद्दामा पत्रकारहरू पनि अनुसन्धानमा तानिएका छन् । नेपाल प्रहरीले ललितपुर–१ बाट निर्वाचित सांसद तथा पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) सिलवालविरुद्धको मुद्दा छानबिन गर्न पाँचजना पत्रकार कार्यरत सञ्चारमाध्यमलाई पत्राचार गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले रोशन खड्का (काठमाडौंपाटी डटकम), रवि धामी (मूलधारन्युज डटकम), मदनबाबु भण्डारी (सुशासन डटकम), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे (जनप्रहार साप्ताहिक र अपराध खबर डटकम) लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको छ ।
यसको साथै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुक र मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलबहादुर पाण्डेलाई पाँचैजना पत्रकारहरूको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशनसमेत दिएका छन् ।
पूर्वडीआईजी सिलवालले कार्यसम्पादन मूल्यांकन फारम ती पत्रकारहरूलाई उपलब्ध गराएको आशंकामा प्रहरीले अनुसन्धानको दायरामा राखेको स्रोतले बताएको छ । सिलवालले शुभदिन अनलाइनमा प्रकाशित भएको कार्यसम्पादन मूल्यांकन फारम सर्वोच्च अदालतमा बुझाएको बयान प्रहरीलाई दिएको बताइएको छ । उनको सोही बयानलाई लिएर प्रहरीले तत्कालीन समयमा शुभदिन डटकमका सम्पादक खिलानाथ ढकाललाई ‘टार्गेट’ गरेको स्रोतले जनाएको छ ।
नेपाल प्रहरीले पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकहरुलाई काटेको पत्रप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सञ्चार माध्यमहरुलाई आदेशको शैलीमा काटिएको पत्रले आश्चर्यचकित बनाएको पत्रकारहरुले बताएका छन् ।
प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको नांगो हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत हो । नेपाल प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संबैधानिक र कानुनी व्यवस्थाको समेत धज्जी उठाएको छ,’ प्रेस चौतारीका महासचिव राजेश राईले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस चौतारीले नेपाल प्रहरीको यो कदमप्रति खेद व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संबैैधानिक व्यवस्था विरोधी यो कदम तत्काल सच्चाउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ । उसले पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग मागसमेत गरेको छ ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












