आइजीपी अर्यालको निर्देशन, ‘नवराज सिलवाललाई सहयोग गर्ने पाँच पत्रकारलाई पक्राउ गर’
काठमाडौं, ९ पुस । पूर्वडीआईजी नवराज सिलवालविरुद्धको सरकारी कागजात कीर्ते मुद्दामा पत्रकारहरू पनि अनुसन्धानमा तानिएका छन् । नेपाल प्रहरीले ललितपुर–१ बाट निर्वाचित सांसद तथा पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) सिलवालविरुद्धको मुद्दा छानबिन गर्न पाँचजना पत्रकार कार्यरत सञ्चारमाध्यमलाई पत्राचार गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले रोशन खड्का (काठमाडौंपाटी डटकम), रवि धामी (मूलधारन्युज डटकम), मदनबाबु भण्डारी (सुशासन डटकम), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे (जनप्रहार साप्ताहिक र अपराध खबर डटकम) लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको छ ।
यसको साथै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुक र मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलबहादुर पाण्डेलाई पाँचैजना पत्रकारहरूको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशनसमेत दिएका छन् ।
पूर्वडीआईजी सिलवालले कार्यसम्पादन मूल्यांकन फारम ती पत्रकारहरूलाई उपलब्ध गराएको आशंकामा प्रहरीले अनुसन्धानको दायरामा राखेको स्रोतले बताएको छ । सिलवालले शुभदिन अनलाइनमा प्रकाशित भएको कार्यसम्पादन मूल्यांकन फारम सर्वोच्च अदालतमा बुझाएको बयान प्रहरीलाई दिएको बताइएको छ । उनको सोही बयानलाई लिएर प्रहरीले तत्कालीन समयमा शुभदिन डटकमका सम्पादक खिलानाथ ढकाललाई ‘टार्गेट’ गरेको स्रोतले जनाएको छ ।
नेपाल प्रहरीले पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकहरुलाई काटेको पत्रप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सञ्चार माध्यमहरुलाई आदेशको शैलीमा काटिएको पत्रले आश्चर्यचकित बनाएको पत्रकारहरुले बताएका छन् ।
प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको नांगो हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत हो । नेपाल प्रेस काउन्सिलको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संबैधानिक र कानुनी व्यवस्थाको समेत धज्जी उठाएको छ,’ प्रेस चौतारीका महासचिव राजेश राईले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस चौतारीले नेपाल प्रहरीको यो कदमप्रति खेद व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संबैैधानिक व्यवस्था विरोधी यो कदम तत्काल सच्चाउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ । उसले पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग मागसमेत गरेको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












