ताजा समाचार

चीनमा १३ हजार भन्दा बढी अवैध वेभसाइट बन्द

एजेन्सी, ९ पुस । चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइट बन्द गरेको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिएका हुन् ।

यो अवधिमा अरु दुई हजार दुई वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए । इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ ।

“यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भने । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ । सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org