यी हुन्, भारतमा ४ वटा बेश्यालय सञ्चालन गर्दै आएका कांग्रेसबाट निर्वाचित गाउँपालिका वडाध्यक्ष
नुवाकोट, १० पुस । गाउँपालिका वडाध्यक्षले नै भारतका विभिन्न ठाँउमा चारवटा कोठी ‘यौनगृह’ संचालन गर्दै आएको छ ।नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तामाङलाई बुधबार अपराह्न दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेलगतै नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले तामाङविरुद्ध सिआइबीमा जाहेरी दिएका छन् ।
सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । उनी दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष भएको खुलेको कार्कीले जानकारी दिए । ‘सुनबहादुर मानव बेचबिखनको आरोपमा पक्राउ परेका हुन् । उनी वडाध्यक्ष हुन् । उनको कहाँ के छ, त्यस सम्बन्धमा अनुसन्धान हुँदै छ,’ कार्कीले भने ।
कहाँ–कहाँ छन् कोठी ?
तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् । पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् ।
‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङले भने ।
विष्णुका अनुसार सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्,’ विष्णुले भने ।
मुद्दा खेपिरहेका वेला कांग्रेसबाट विजयीः
स्थानीय निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसबाट निर्वाचित ४९ वर्षीय तामाङ मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा खेपिरहेका थिए । मानव बेचबिखनमा संलग्न भएको भन्दै ५ वैशाख ०७१ मा नुवाकोट जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित ३७ वर्षीया एक महिलाले तामाङसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।
१० महिनाअघि पक्राउ परेका तामाङ ६ लाख धरौटी राखी रिहा भएका थिए । ३१ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर उनी निर्वाचित भएका थिए । सो मुद्दामा तामाङले जिल्ला अदालत विदुरमा आफैँ उपस्थित भएर मासिक रूपमा पेसी लिइरहेको जिल्ला अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले बताए । तामाङको अर्को तारेख आगामी ११ पुसमा छ ।
यस्तो छ सुनबहादुरको विगतः
०५३ मा प्रहरीले सुनबहादुरसहित चारजनालाई झापाको काँकडभिट्टामा नियन्त्रणमा लिएको थियो । उनीहरूले नुवाकोट घ्याङफेदीका चार नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत लैजाँदै थिए । सुनबहादुरसहित तीनजना प्रहरीको आँखा छलेर फरार भए । प्रहरीले निमा लामा तामाङलाई पक्राउ गर्यो । अदालतको आदेशबाट निमा जेल चलान भए । सोही मुद्दामा नुवाकोट जिल्ला अदालतले २६ असोज ०६८ मा सुनबहादुरलाई ६ वर्ष कैद सजायसहितको फैसला सुनायो । तर, उनी फरार नै रहे ।
नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के । उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरविरुद्ध उजुरी गरे । प्रहरीले उनलाई पक्राउ पर्यो । तर, अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा उनी छुटे । त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन् ।
छोरा पनि मानव बेचबिखनमा सजाय भोग्दैः
प्रहरीका अनुसार उनका छोरा रमेश तामाङ पनि मानव बेचबिखनमा संलग्न छन् । उनी अहिले मानव बेचबिखन मुद्दामा नुवाकोटस्थित कारागारमा सजाय भोगिरहेका छन् ।
http://news-nepal.com/714002/
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












