समानुपातिक सूची तफमाथि गर्दा प्रमुख आयुक्त यादवलाई बुहारीको चिन्ता
काठमाडौं, १० पुस । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको क्रमसंख्या तलमाथि गर्न पाउने भन्दै दलहरूलाई उर्दी जारी गरिरहे पनि आयोगकै कानूनमा भने दुईथरी व्यवस्था भेटिएको छ । निर्वाचन आयोगका प्रदेश सभा सदस्यसम्बन्धी ऐनमा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी दफा र प्रदेश सभा सदस्य सम्बन्धी नियमावलीका दफामा फरक फरक व्यवस्था भेटिएको हो ।
यो व्यवस्थाले एकातिर दलहरू अलमलमा परेका छन् भने अर्कातिर आयोग नै हचुवामा काम गरिरहेको छ भन्ने पुष्टि गरेको छ । आयोगको प्रदेश सभा सदस्य सम्बन्धी ऐन अनुसार, दलहरूले आरक्षित कोटामध्ये आदिवासी जनजाति, खस आर्य, दलित, मधेशी, थारु, मुस्लिमलगायतका कोटाका क्लष्टरवाइज क्रमसंख्या यथासम्भव तलमाथि नहुने गरी निर्वाचित गर्नुपर्ने उल्लेख गरेको छ । तर, त्यसलाई थप प्रष्ट पार्ने भन्दै नियमावलीको दफा ४१ मा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारको नामावली तलमाथि नगरी क्रमसंख्या फेरबदल नगरी निर्वाचित गर्नुपर्ने उल्लेख गरेको छ ।
आयोगले प्रदेश सभाका समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाउन आयोगले दललाई ०७४ पुस ९ गते आइतवार पत्र पठाएको छ । यस्तो व्याख्या अहिले आयोगका प्रमुख आयुक्त र आयुक्तहरूले गर्दै आएका छन् अझ पटक पटक सार्वजनिक कार्यक्रम यही कुरा दोहोर्याइरहेका छन् । ऐनमा भएको कुरालाई नियमावलीले काट्न नसक्ने भन्दै दलका नेताहरू भने बन्दसूचीको क्रम संख्या तलमाथि गर्न सकिने मुडमा छन् । आयोगले ऐनलाई प्रष्ट पार्न नियमावलीमा व्यवस्था गरेको व्याख्या गरे पनि अन्तिम व्याख्या भने ऐनको हुने भएकोले प्राथमिकता लागू नहुने राजपाका महासचिव केशव झाले टिप्पणी गरेका छन् ।
प्रमुख आयुक्तको आफ्नै कारणः
बन्दसूचीको क्रमसंख्या तलमाथि गर्न नपाउने भन्दै दलहरूलाई निर्देशन दिनुमा प्रमुख कारण आयोगका आयुक्तहरूकै स्वार्थले गर्दा भनिएको पुुष्टि हुन्छ । आयोगका स्रोतका अनुसार, निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको आफन्तको समेत दलहरूको बन्दसूचीमा नाम छ । क्रमसंख्या मिचिएको अवस्थामा उनीहरूको नाम नपर्ने तर क्रमसंख्या नमिच्दा नाम पर्ने भएकोले आयुक्तहरूले क्रमसंख्या नमिच्न दलहरूलाई दबाब दिएका हुन् ।
प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवकी बुहारी प्रदेश २ मा माओवादीको तर्फबाट समानुपातिकको बन्दसूचीमा छिन् । उनको नाम प्रमिलाकुमारी यादव हो । माओवादीले दुई नम्बर प्रदेशमा पाएको समानुपातिक सीट संख्या र क्रमअनुसार नाम पठाउँदा प्रमुख यादवकी बुहारीको नाम छानिनेछन् तर प्राथमिकता क्रम तलमाथि भएको अवस्थामा प्रमुख यादवकी बुहारीको नाम पर्नेछैन । सोही कारण यादवले पटकपटक क्रमसंख्या अनुसार नै समानुपातिकको उम्मेदवार छनौट गर्न सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । साथै, अन्य केही आयुक्तका पनि आफन्त रहेको आयोगका कर्मचारीको भनाइ छ ।
राजपा समस्यामाः
निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारको बन्दसूची हरेक प्रदेश अनुसार फरकफरक प्रतिशतका आधारमा तय छ । आरक्षित कोटाहरू आदिवासी जनजाति, खसआर्य, दलित, मधेशी, थारु र मुस्लिमको क्लष्टर विभाजित छ र ती क्लष्टरको प्रदेश अनुसार फरक हुने जनसंख्याका आधारमा फरक प्रतिशत तय छ । तर, प्रदेश २ को हकमा राजपाले बुझाएको बन्दसूची मधेशी क्लष्टरबाहेकको नाम छैन । प्रदेश २ मा बुझाउनुपर्ने ६४ जनाको सूचीमा सबै मधेशी मात्रै छन् । क्लष्टर नमिलाउने दलको सूची सुरुमा कसरी आयोगले बुझ्यो ? त्यस्तो सूची बुझ्ने आयोगले अब क्लष्टरको प्रतिशत मिलाएर सांसद निर्वाचित गर भन्न मिल्छ कि मिल्दैन ? अहिले प्रश्न उठेको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
राजपाले क्लष्टरवाइज उम्मेदवार निर्वाचित गरेर पठाउने हो भने उसले पाएको १० सीट मध्ये दलिततर्फको एउटा पुरुष र जनजातिको कोटा रिक्त हुनेछ । ती कोटामा उम्मेदवारको नाम नै छैन । होइन क्लष्टरवाइज नभई संख्याका आधारमा पठाउने हो भने मात्रै १० वटा सीटमै नाम पठाउन सक्छ । यतिसम्म हेलचक्र्याँई गर्ने आयोगले दलहरूले प्राथमिकता सूची फेरबदल गर्दा केही भन्न सक्ने हैसियत भने राख्दैन ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












