समानुपातिक सूची तफमाथि गर्दा प्रमुख आयुक्त यादवलाई बुहारीको चिन्ता
काठमाडौं, १० पुस । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको क्रमसंख्या तलमाथि गर्न पाउने भन्दै दलहरूलाई उर्दी जारी गरिरहे पनि आयोगकै कानूनमा भने दुईथरी व्यवस्था भेटिएको छ । निर्वाचन आयोगका प्रदेश सभा सदस्यसम्बन्धी ऐनमा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी दफा र प्रदेश सभा सदस्य सम्बन्धी नियमावलीका दफामा फरक फरक व्यवस्था भेटिएको हो ।
यो व्यवस्थाले एकातिर दलहरू अलमलमा परेका छन् भने अर्कातिर आयोग नै हचुवामा काम गरिरहेको छ भन्ने पुष्टि गरेको छ । आयोगको प्रदेश सभा सदस्य सम्बन्धी ऐन अनुसार, दलहरूले आरक्षित कोटामध्ये आदिवासी जनजाति, खस आर्य, दलित, मधेशी, थारु, मुस्लिमलगायतका कोटाका क्लष्टरवाइज क्रमसंख्या यथासम्भव तलमाथि नहुने गरी निर्वाचित गर्नुपर्ने उल्लेख गरेको छ । तर, त्यसलाई थप प्रष्ट पार्ने भन्दै नियमावलीको दफा ४१ मा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारको नामावली तलमाथि नगरी क्रमसंख्या फेरबदल नगरी निर्वाचित गर्नुपर्ने उल्लेख गरेको छ ।
आयोगले प्रदेश सभाका समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाउन आयोगले दललाई ०७४ पुस ९ गते आइतवार पत्र पठाएको छ । यस्तो व्याख्या अहिले आयोगका प्रमुख आयुक्त र आयुक्तहरूले गर्दै आएका छन् अझ पटक पटक सार्वजनिक कार्यक्रम यही कुरा दोहोर्याइरहेका छन् । ऐनमा भएको कुरालाई नियमावलीले काट्न नसक्ने भन्दै दलका नेताहरू भने बन्दसूचीको क्रम संख्या तलमाथि गर्न सकिने मुडमा छन् । आयोगले ऐनलाई प्रष्ट पार्न नियमावलीमा व्यवस्था गरेको व्याख्या गरे पनि अन्तिम व्याख्या भने ऐनको हुने भएकोले प्राथमिकता लागू नहुने राजपाका महासचिव केशव झाले टिप्पणी गरेका छन् ।
प्रमुख आयुक्तको आफ्नै कारणः
बन्दसूचीको क्रमसंख्या तलमाथि गर्न नपाउने भन्दै दलहरूलाई निर्देशन दिनुमा प्रमुख कारण आयोगका आयुक्तहरूकै स्वार्थले गर्दा भनिएको पुुष्टि हुन्छ । आयोगका स्रोतका अनुसार, निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको आफन्तको समेत दलहरूको बन्दसूचीमा नाम छ । क्रमसंख्या मिचिएको अवस्थामा उनीहरूको नाम नपर्ने तर क्रमसंख्या नमिच्दा नाम पर्ने भएकोले आयुक्तहरूले क्रमसंख्या नमिच्न दलहरूलाई दबाब दिएका हुन् ।
प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवकी बुहारी प्रदेश २ मा माओवादीको तर्फबाट समानुपातिकको बन्दसूचीमा छिन् । उनको नाम प्रमिलाकुमारी यादव हो । माओवादीले दुई नम्बर प्रदेशमा पाएको समानुपातिक सीट संख्या र क्रमअनुसार नाम पठाउँदा प्रमुख यादवकी बुहारीको नाम छानिनेछन् तर प्राथमिकता क्रम तलमाथि भएको अवस्थामा प्रमुख यादवकी बुहारीको नाम पर्नेछैन । सोही कारण यादवले पटकपटक क्रमसंख्या अनुसार नै समानुपातिकको उम्मेदवार छनौट गर्न सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । साथै, अन्य केही आयुक्तका पनि आफन्त रहेको आयोगका कर्मचारीको भनाइ छ ।
राजपा समस्यामाः
निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारको बन्दसूची हरेक प्रदेश अनुसार फरकफरक प्रतिशतका आधारमा तय छ । आरक्षित कोटाहरू आदिवासी जनजाति, खसआर्य, दलित, मधेशी, थारु र मुस्लिमको क्लष्टर विभाजित छ र ती क्लष्टरको प्रदेश अनुसार फरक हुने जनसंख्याका आधारमा फरक प्रतिशत तय छ । तर, प्रदेश २ को हकमा राजपाले बुझाएको बन्दसूची मधेशी क्लष्टरबाहेकको नाम छैन । प्रदेश २ मा बुझाउनुपर्ने ६४ जनाको सूचीमा सबै मधेशी मात्रै छन् । क्लष्टर नमिलाउने दलको सूची सुरुमा कसरी आयोगले बुझ्यो ? त्यस्तो सूची बुझ्ने आयोगले अब क्लष्टरको प्रतिशत मिलाएर सांसद निर्वाचित गर भन्न मिल्छ कि मिल्दैन ? अहिले प्रश्न उठेको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
राजपाले क्लष्टरवाइज उम्मेदवार निर्वाचित गरेर पठाउने हो भने उसले पाएको १० सीट मध्ये दलिततर्फको एउटा पुरुष र जनजातिको कोटा रिक्त हुनेछ । ती कोटामा उम्मेदवारको नाम नै छैन । होइन क्लष्टरवाइज नभई संख्याका आधारमा पठाउने हो भने मात्रै १० वटा सीटमै नाम पठाउन सक्छ । यतिसम्म हेलचक्र्याँई गर्ने आयोगले दलहरूले प्राथमिकता सूची फेरबदल गर्दा केही भन्न सक्ने हैसियत भने राख्दैन ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











