काठमाडौंका मैतीदेवीमा बस विद्युत पोलमा ठोक्किँदा १७ जना घाइते
काठमाडौं, ११ पुस । काठमाडौंको मैतीदेवीमा विद्युत पोलमा बस ठोक्किँदा १७ जना घाइते भएका छन् । मंगलबार बिहान बा२ख ८७३३ नम्बरको बस पेट्रोल पम्पनजिकै विद्युत पोलमा ठोक्किएर पल्टिएको हो ।
तीव्र गतिमा आएको सिटी यातायातको बस अनियन्त्रित भई पोलमा ठोक्किएको हो ।दुर्घटनामा घाइते १७ मध्ये चार जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार दोलखाका २६ वर्षीय यज्ञराज खतिवडा, रामेछापका ४५ वर्षीय गंगालाल तामाङ, उनकी श्रीमती ४३ वर्षीय संजिला तामाङ, भारतीय नागरिक भोजहरि अन्सारी, वर्ष ५७ की साबित्री थापा, ५४ वर्षीय हरिशरण फुयाल, काभ्रेकी ४५ वर्षीय च्याङ्वा तामाङ, सुर्खेतकी ३६ वर्षीय कमल महत, सिन्धुपाल्चोक मेलम्भीकी तेजकुमारी चालिसेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यस्तै सप्तरीका ४० वर्षीय भोजबहादुर राई, उनकी श्रीमती ३९ वर्षीय मैनाकुमारी राई, ३९ वर्षीय गीता धिमाल, गोकर्णेश्वरका ६४ वर्षीय नारायणप्रसाद दाहाल, वर्ष २६ की गीता अधिकारी, दोलखाकी ३७ वर्षीय पुर्ध धामी, कागेश्वरी नगरपालिकाकी ३९ वर्षीय माया श्रेष्ठ र एक ७० वर्षीय वृद्धाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











