प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेससँगै राजपाको पनि अफर, अब के होला ?
काठमाडौं, ११ पुस । नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्ने अफर आएको छ । वाम गठबन्धनले बहुमत ल्याए पनि शक्ति बाँडफाँटबारे झमेला भइरहेको बेला राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न अफर गरेका हुन् । राजपाले प्रचण्ड भावी सरकारको नेतृत्व गर्न अग्रसर भएमा उनलाई सघाउन तयार रहेको बताएका छन्।
वामपन्थी गठबन्धनभित्र खिचलो बढिरहेको र नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने समाचारका माझ उनको त्यस्तो धारणा आएको हो । एमाले बाहेकको सरकारको नेतृत्व गर्न प्रचण्ड तयार भएमा कांग्रेससँगै तराई केन्द्रित दलहरुको पनि समर्थन अनिवार्य हुनेछ।
राजपाका केन्द्रिय सदस्य अनिल झाले भने, विगतमा विभिन्न कारणले प्रचण्डसँग सम्बन्ध रहनेरटुट्ने गरेको छ। तर यो देशमा पहाडी समुदायका सबै राष्ट्रिय नेताभन्दा मधेशी, आदिवासीर जनजाति, दलित, समावेशी र संघीयताको निम्ति उहाँ उदार नेता हो। उहाँलाई हामीले सहयोग गर्नुपर्छ।
यसअघि नेपाली कांग्रेसले पनि प्रचण्डलाई सरकारको नेतृत्व गरे सहयोग गर्ने बताएको थियो । वाम एकताको तयारी रहेका एमाले र माओवादीबीच एकता हुन नदिन कांग्रेसले यस्तो अफर गरेका थियो । तर प्रचण्डले उक्त अफर अस्वीकार गरेका थिए । अहिले भने फेरी राजपाले त्यही अफर दोहोर्याएको हो ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












