सशस्त्र प्रहरीको मुख्यालय आगलागी: महत्वपूर्ण कागज नष्ट गर्न हवल्दारले आगो लगाए
काठमाडौं, ११ पुस । सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति भएको आलगालीमा सशस्त्र प्रहरीकै अधिकारीको संलग्नता रहेको पाईएको छ । काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति साढे १ बजे स्टोर भनवमा भएको आगलागीमा सशस्त्रकै प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठको संलग्नता रहेको खुलेको हो ।
महानगरीय अपराध महाशाखाको अनुसन्धानले घटनामा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई प्रहरी परिसर, स्वयम्भूको टोलीले पक्राउ गरेको प्रहरी परिसर, स्वयम्भूले जनाएको छ । घटनामा सशस्त्र प्रहरीको केही महत्वपूर्ण सामग्री जलेर नष्ट भएको थियो । आगलागीबाट २२ लाख रुपैयाँ बढीको क्षति भएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले जानकारी दिए ।
कुनै गोप्य कागजहरु जलाउने उद्देश्यले आगलागी भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो । आगलागीपछि नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो । घटनाको अनुसन्धानमा प्रशासन विभागका एआइजी प्रेम शाहीको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको थियो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











