वाम एकताका कारण माओवादी फुटको संघारमा, गोपाल किरातीको नेतृत्वमा समूह गठन
काठमाडौं, ११ पुस । माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । एमालेसँग पार्टी एकतालाई लिएर माओवादी फुटको संघारमा पुगेको हो । पार्टी एकतालाई लिएर असन्तुष्टि जनाउँदै आएका माओवादी केन्द्रका नेताहरुले गोपाल किरातीको नेतृत्वमा ‘आठौं महाधिवेशन समूह’ बनाएका छन् ।
मंगलबार भएको भेलाबाट किरातीको संयोजकत्वमा आठौं महाधिवेशन समूह गठन गरेका हुन् । उनीहरुले अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै महाधिवेशन आह्वान गर्न माग गरेका छन् ।
समूहले महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुई लाइन संघर्ष गर्ने निर्णय गरेको छ । तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एकता गरे पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुने नेता किरातीको भनाई छ ।
जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा सक्रिय हुनुपर्ने भन्दै सडक मोर्चालाई प्रभावकारी बनाउन महाधिवेशनको माग गरिएको किरातीले बताए । उनले भने, ‘जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा हुन्छन्, सडक मोर्चालाई अझ प्रभावकारी तुल्याउन तत्काल पार्टी महाधिवेशन जरुरी छ ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












