अबको पाँच वर्ष देश प्रचण्ड की ओली कसले हाक्ने ?

काठमाडौं, १२ पुस । अबको प्रधानमन्त्रीको नेतृत्व कसले गर्ने भन्ने विषयमा एमाले माओवादीबीच विवाद सिर्जना भएको छ । दुई पार्टीभित्र यस विषयमा गहन छलफल नभएपनि नेताहरुले सार्वजनिक गरिरहेका धारणाले विवाद उत्पन्न भएको पुष्टि भएको छ । वाम एकता र नयाँ सरकार गठनका विषयमा एमाले र माओवादी केन्द्रभित्र विभिन्न कोणबाट छलफल भईरहेका छन् ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमध्ये एक एक जना वाम एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की छ । तर कसले प्रधानमन्त्री र कसले पार्टीको नेतृत्व गर्ने भन्नेमा दुई दलभित्र विवाद भएको हो । एमालेले नेताहरु ओलीले देशको नेतृतव गर्नुपर्ने तर्क पेश गरिरहेका छन् भने माओवादी नेताहरु प्रचण्डले प्रधानमन्त्री बन्नपर्ने धारणा अघि सारिरहेका छन् ।
जसका कारण उत्पन्न विवाद सजिलै समाधान हुने छनक देखिदैंन् । नयाँ सरकार निर्माण र पार्टी एकताबारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज वार्ता हुँदैछ । दुई नेताबीच हुन लागेको वार्तालाई ‘बहुप्रतिक्षित’ मानिएको छ ।
आज हुने वार्ताले अबको प्रधानमन्त्री ओली कि प्रचण्ड ? भन्ने टुंगो लाग्ने जनाईएको छ । एमालेका अधिकांश नेताहरू आगामी पाँच वर्षसम्म केपी ओली नै प्रधानमन्त्री हुने बताउँदै आएका छन् । जुन कुराले माओवादी केन्द्रका नेताहरूलाई झस्काएको छ ।
प्रचण्डले नै नयाँ सरकार आलोपालो चलाउने भन्ने सहमति भएको खुलासा गरिसकेपछि पनि एमाले नेताहरूको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै ओली नै हुने भन्ने अभिव्यक्तिले अबको पाँच वर्षसम्म प्रचण्ड राज्यसत्ता र पार्टी सत्ताबाट बाहिरै रहलान् त ? भन्ने विश्लेषण गर्न थालिएको छ ।
मंगलबार हुने भनिएको वार्ता प्रचण्ड चितवनबाट काठमाडौं आउन ढिलाइ भएपछि हुन सकेको थिएन । बुधबार बिहानलाई भेटवार्ताको समय मिलाइए पनि समय भने निश्चित नभएको बताइएको छ । पार्टी एकताका विषयमा निकै टीकाटिप्पणी हुन थालेपछि ओली र प्रचण्डबीच निर्णायक वार्ता हुन लागेको स्रोतले बतायो । सरकार निर्माण र पार्टी एकीकरण सँगसँगै गर्नुपर्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रले उक्त विषयको औपचारिक प्रस्ताव ओलीसमक्ष राख्ने तयारी गरेको छ ।
निर्वाचनलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । विभिन्न कार्यक्रममा ओली र प्रचण्डले पार्टी एकता छिट्टै हुने भने पनि लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ । यदि आजको वार्ता सकारात्मक ढंगले अघि नबढेमा प्रचण्ड नै प्रधानमन्त्री हुने लाइनमा अघि बढिसकेको हुनसक्ने अनुमान पनि गरिएको छ ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











