कञ्चनपुर उद्योग वाणिज्य संघले माघ १९ देखि देहरादूनमा इण्डो–नेपाल महोत्सव गर्ने
काठमाडौं, १२ पुस । दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ ।उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म भारतको उत्तराखण्ड प्रदेशको राजधानी देहरादूनको परेड ग्राउण्डमा महोत्सव आयोजना गरिन लागेको हो ।
नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले जानकारी दिए । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रावलले नेपाली वस्तुको बजार प्रवद्र्धन गर्न सहयोग पुर्याउने निकासि योग्य बस्तुको पहिचान एवं बजारिकरण, घरेलु, साना तथा मझौला उद्योगबाट उत्पादित बस्तुहरुको बजार प्रबद्र्धनमा टेवा दिने उद्देयले महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए ।
महोत्सवबाट व्यापार घाटा कम गर्न र नेपाली उत्पादनको भारतमा प्रचार प्रसार गर्न सहयोग पुग्ने अध्यक्ष रावलको भनाई छ । उक्त महोत्सवमा नेपाल र भारतका १५० भन्दा बढी स्टलहरु रहने छन् । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले भारतमा महोत्सव आयोजना गर्दा नेपालको वस्तु र पर्यटनलाई प्रचारप्रसार गर्न सजिलो हुने बताईन् । “नेपालका वस्तु विदेशमा खपत हुँदा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ,” उनले भनिन् ।
संघको आयोजनामा यसअघि २०७३ फागुनमा पहिलो इण्डो–नेपाल महोत्सव आयोजना गरिएको थियो । यहि पौस १६ गतेभित्र आवेदन दिने ५० वटा औद्योगिक फर्महरुलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराईने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
महोत्सवमा हस्तकला सामग्री, तयारी पोशाक, दैनिक उपभोग्य सामग्री, धार्मिक सांस्कृतिक उत्पादनहरु, छालाजन्य उत्पादन, नेपाली फूड स्टल, पर्यटन प्रवद्र्धन सम्बन्धित, सांस्कृतिक कार्यक्रम लगायतका वस्तु प्रदर्शनीमा रहने छन् ।
सात दिन सम्म चल्ने उक्त मेलामा एक ला भन्दा बढीले अवलोकन गर्ने र नेपाली वस्तुको कारोबार उल्लेख्य मात्रामा हुने आयोजकले विश्वास लिएको छ । महोत्सवलाई आगामी दिनहरुमा भारतका अन्य शहरहरुमा समेत विस्तार गरिने लक्ष्य लिएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












