कञ्चनपुर उद्योग वाणिज्य संघले माघ १९ देखि देहरादूनमा इण्डो–नेपाल महोत्सव गर्ने
काठमाडौं, १२ पुस । दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ ।उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म भारतको उत्तराखण्ड प्रदेशको राजधानी देहरादूनको परेड ग्राउण्डमा महोत्सव आयोजना गरिन लागेको हो ।
नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले जानकारी दिए । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रावलले नेपाली वस्तुको बजार प्रवद्र्धन गर्न सहयोग पुर्याउने निकासि योग्य बस्तुको पहिचान एवं बजारिकरण, घरेलु, साना तथा मझौला उद्योगबाट उत्पादित बस्तुहरुको बजार प्रबद्र्धनमा टेवा दिने उद्देयले महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए ।
महोत्सवबाट व्यापार घाटा कम गर्न र नेपाली उत्पादनको भारतमा प्रचार प्रसार गर्न सहयोग पुग्ने अध्यक्ष रावलको भनाई छ । उक्त महोत्सवमा नेपाल र भारतका १५० भन्दा बढी स्टलहरु रहने छन् । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले भारतमा महोत्सव आयोजना गर्दा नेपालको वस्तु र पर्यटनलाई प्रचारप्रसार गर्न सजिलो हुने बताईन् । “नेपालका वस्तु विदेशमा खपत हुँदा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ,” उनले भनिन् ।
संघको आयोजनामा यसअघि २०७३ फागुनमा पहिलो इण्डो–नेपाल महोत्सव आयोजना गरिएको थियो । यहि पौस १६ गतेभित्र आवेदन दिने ५० वटा औद्योगिक फर्महरुलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराईने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
महोत्सवमा हस्तकला सामग्री, तयारी पोशाक, दैनिक उपभोग्य सामग्री, धार्मिक सांस्कृतिक उत्पादनहरु, छालाजन्य उत्पादन, नेपाली फूड स्टल, पर्यटन प्रवद्र्धन सम्बन्धित, सांस्कृतिक कार्यक्रम लगायतका वस्तु प्रदर्शनीमा रहने छन् ।
सात दिन सम्म चल्ने उक्त मेलामा एक ला भन्दा बढीले अवलोकन गर्ने र नेपाली वस्तुको कारोबार उल्लेख्य मात्रामा हुने आयोजकले विश्वास लिएको छ । महोत्सवलाई आगामी दिनहरुमा भारतका अन्य शहरहरुमा समेत विस्तार गरिने लक्ष्य लिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












