मुख्य सचिव र सचिवहरुलाई एमालेको निर्देशनपछि सचिवहरुले मन्त्रीलाई टेर्नै छाडे
काठमाडौं, १३ पुस । मन्त्रालयको सबैभन्दा ठूलो पद चाँही मन्त्रीको हो । मन्त्रीको नीति निर्देशन अनुसार अन्य कर्मचारी चल्ने गर्दछन् । तर यतिबेला मन्त्रालयका कर्मचारीहरु मन्त्रीलाई टेर्नै छोडिसकेका छन् । चुनाव सकिएलगत्तै कामचलाउन बनेको अहिलेका सरकारका मन्त्रीहरुलाई मन्त्रालयका सचिवहरुले टेर्न छाडेको गुनासो मन्त्रीको नै गुनासो रहेको छ । पछिल्लो समय मन्त्रालयमा सचिवहरु नै कार्यकारी बनेर काम गरिरहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्री मण्डलमा रहेका मन्त्रीहरुले चुनावी नतिजापछि आफूहरु सरकारबाट बाहिरने पक्का भएपछि स्वार्थअनुकूल निर्णयहरु गर्न थालेका थिए । लगत्तै सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेका शीर्ष नेताहरुले सबै सचिव र मूख्यसचिवलाई फोन गरेर नीतिगत निर्णय नगर्न निर्देशन दिएपछि सचिवहरुले मन्त्रीलाई टेर्न छाडेका हुन् । अहिले नीतिगत विषयमा मन्त्री र सचिवको बिचमा छलफल हुन छाडेको छ । जसका कारण सबै मन्त्रीहरु कामविहिन बनेका हुन् ।
कृषि मन्त्री रामकृष्ण यादवले सचिवहरुले नै टेर्न छाडेको गुनासो गरे । भेट्न बोलाउँदा पनि अनेक बहाना बनाउने गरेको उनले बताए । अर्का एक मन्त्रीले नाम नबताउने शर्तमा सचिवहरु काम गर्ने आफूहरु घाम ताप्ने गरेको बताए । नयाँ सरकार गठन हुने पक्का भएसँगै सचिवहरुले मन्त्रीलाई टेर्न छाडेको मन्त्रीहरुले नै बताउने गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












