मेयर र उपमेयरबीचको विवादले रानीपोखरी पुनर्निर्माण स्थगित, मल्लकालीन पुरानै शैलीमा बनाइने
काठमाडौं, १३ पुस । रानीपोखरी पुनर्निर्माणको कार्य स्थगित भएको छ । काठमाडौं महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको हो । काठमाडौं महानगरका मेयर र उपमेयरबीच विवाद बढेपछि रानीपोखरीको पुनर्निर्माण स्थगित गरिएको हो । अब प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरेर बनाइने छ ।
महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको छ ।
यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना रहेका छन् ।
विशेषज्ञ समितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म पुनर्निर्माणको काम रोक्ने निर्णय भएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए ।
पछिल्लो पटक बुधबार उपमेयर हरिप्रभा खड्गीकै उपस्थितिमा उनीहरुले ताला समेत लगाएका थिए । तर, मेयर शाक्यले ताला तोडेपछि विवाद उत्कृर्षमा पुगेको थियो ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












