यी हुन् विवेकशील साझाले छानेका ३ नम्बर प्रदेशका लागि समानुपातिक सांसद
काठमाडौं, १३ पुस । विवेकशील साझा पार्टीले प्रदेश नम्बर ३ को प्रदेशसभाको समानुपातिकतर्फ ३ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठूलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ।
यस प्रदेशमा पार्टीले समानुपातिक तर्फ एक लाख चौबिस हजार चार सय बयालीस मत प्राप्त गरेको थियो। विवकेशील साझाले समानुपातिकतर्फ पाएको ३ सिटमा रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा पठाएको छ ।
छनौट भएका उमेदवारहरुको संक्षिप्त परिचय यस प्रकार छ:
१) रमेश पौड्याल (सिन्धुपाल्चोक)
रमेश पौड्यालले विवेकशील साझा पार्टीलाई प्रदेश ३ को प्रदेशसभामा पार्टीको संसदीय दलको नेतृत्व गर्दै छन् | ३९ बर्षिय पौड्याल विगत चार बर्षदेखि नविन र सुसंस्कृत राजनीतिक अभियानमा क्रियाशील छन् l पौड्यालले त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डस् स्थित वागनिगन युनिभर्सिटीबाट विकास ब्यबस्थापन विषयमा स्नातकोत्तर गरेका छन् l पौड्याल पार्टीको केन्द्रीय संयोजन समिति सदस्य एवं प्रवक्ता हुन् l
२) शोभा शाक्य (ललितपुर)
गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा प्रतिस्पर्धा गरेकी शाक्यले सम्मानजनक मतसहित दोश्रो स्थान हासिल गरेकी थिईन् l विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित शाक्यले विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेकी छन् । महिला उत्थान र शसक्तिकरणमा बिभिन्न भूमिका खेलेकी शाक्य बुद्ध शिक्षाबाट विशेष प्रभावित छिन् । शाक्य पार्टीकी केन्द्रीय सदस्य हुन् l
३) विराज भक्त श्रेष्ठ (काठमाडौं)
काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्त श्रेष्ठ पार्टीका केन्द्रीय सदस्य हुन्। उनी सानै उमेरदेखि सामाजिक काममा सक्रिय थिए। विद्यालयस्तरमा रेडक्रसको अध्यक्ष बनेका श्रेष्ठ अहिले पनि सम्पदा संरक्षण लगायत विभिन्न सामाजिक सेवाका कामहरुमा आवद्ध छन्। व्यवस्थापन अध्ययन गरेका श्रेष्ठले विभिन्न संघ-संस्थामा व्याबस्थापकका रूपमा पनि नेतृत्व गरेका छन्।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











