नयाँ सरकार नबन्दै ओलीको निर्देशन मान्न थालेको भन्दै मन्त्रीहरु मुख्य सचिबमाथि जाईलागेपछि…
काठमाडौं, १३ पुस । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु र मुख्य सचिवबीच चर्काचर्की भएको छ। नियमित मन्त्रिपरिषद्को बैठकको सुरुमै सहभागी मन्त्रीहरुले आफ्नो विभागीय मन्त्रालयका सचिवहरुले असहयोग गरेको विषय उठाएपछि मन्त्रीहरु र मुख्यसचिवबीच चर्काचर्की भएको हो ।
निर्वाचनको परिणामपछि मन्त्रालयमा सचिवहरुले असहयोग गरेको भन्दै मन्त्रीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीप्रति आक्रमक व्यवहार गरेका थिए। वर्तमान सरकार कामचलाउ मात्र भएको भन्दै सचिवहरुले आफुहरुको निर्देशन मान्न छाडेको मन्त्रीहरुले गुनासो गरेका थिए । यदि उनीहरुले मान्नुपर्ने अवस्था आयो भने छल्नका लागि विदामा बस्न थालेको आरोप मन्त्रीहरुको थियो।
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्यसचिव रेग्मीलाई भेटेर गोरखापत्र र चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिबारे प्रश्न उठाउँदै कामचलाउ सरकारका निर्देशन र नियुक्ती नमान्न भनेका थिए । नयाँ सरकार बनिनसक्दै नै सचिवहरु ओलीको आदेशानुसार काम गर्न थालेको आरोप लगाउँदै मन्त्रीहरु मुख्यसचिवमाथि खनिएका थिए ।
रेग्मीमाथि उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शहरी विकास मन्त्री दिलनाथ गिरी, सिंचाइ मन्त्री सञ्यकुमार गौतम, कृषि मन्त्री रामकृष्ण यादवलगायतले आक्रोश पोखेका थिए। ‘आज मन्त्रिपरिषद्मा हंगामा भएकै हो, सचिवहरुले मन्त्रीलाई नटेरेकाले यस्तो भयो,’ बैठकमा सहभागी एक मन्त्रीले भने।
सचिवहरुले मनलागी गर्न थालेको भन्दै मन्त्रीहरुले मुख्यसचिवलाई स्पष्टीकरण सोधेको ती मन्त्रीले जानकारी दिए।
‘मन्त्रालयका सचिवहरुले वर्तमान सरकारको काममा असहयोग गरेकाले स्पष्टिकरण सोधिएको हो,’ उनले भने, ‘उहाँले स्पष्टीकरण पनि दिनुभएको छ।’
मुख्य सचिव रेग्मीले भने आफूमाथि दोष नथुपार्न मन्त्रीहरुलाई अनुरोध गर्दै सरकारलाई असहयोग गर्ने सचिवलाई हटाउन सिफारिस भए आफू तयार रहेको समेत बताएका थिए।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











