नाइट क्लव डेजाभु तोडफोड काण्ड मिलाउन देउवादेखि ओलीसम्म गुहार
काठमाडौं, १३ पुस । गत पुस ५ गते नाइट क्लव डेजाभुमा भएको घटनालाई लिएर क्रिकेट खेलाडी पृथु बास्कोटासहित ८ जना हिरासतमा छन्। ठगीको अभियोग लगाउँदै अदालतको अनुमति लिएर महानगरीय प्रहरी परिसरले यिनीहरुमाथि अनुसन्धान गरिरहेको छ।
भर्खरै सकिएको क्रिसमस र आउँदै गरेको नयाँ वर्ष २०१८ मा भब्य कमाउने लक्ष्य राखेका क्लब डेजाभुका संचालकहरु हिरासतमा हुँदा क्लब शून्य हुनु सामान्य नै हो। तर, यसका सञ्चालक चुप लागेर बसेका छैनन् उनीहरुको दौडधुप भने असामान्य छ।
क्लवका संचालक भनिएका राम गिरी लगायत अन्य संचालक अहिले प्रधा केहि दिन अगाडि उनीहरुले प्रधानमन्त्री देउवा र ओलीका सहयोगीलाई भेटेर हिरासत मुक्त गरिदिन आग्रह गरेको प्रहरी स्रोतले जानकारी दियो। बास्कोटासँगै राजु महर्जन, रितेश मारबाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र क्लबका क्याप्टेन आकाश न्यौपाने हिरासतमा छन्। स्रोतले भन्यो, ‘केही रकम खर्च गरेर भए पनि उनीहरुलाई हिरासत मुक्त गर्ने कसरत भइरहेको छ।’
क्लब समूहले राजनीतिक दलका नेतामात्र होइन नेपाल प्रहरीका उच्च अधिकृतलाई समेत विवाद मिलाउनका लागि आग्रह गरेका छन्। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्र धानुक भने कसैको दवावमा आएर काम नगर्ने बताउँदै आएका छन्। उनले भने, ‘कानुन अनुसार नै अनुसन्धान प्रकृया अगाडि बढिरहेको छ।’
कार्यक्रम आयोजना गर्ने मुख्य व्यक्ति रवीन गुरुङ भने अझै फरार रहेका छन्। रवीन नै मार्सेमेलो ल्याउनेदेखि टिकटको व्यवस्थापन गरेको बताउँदै आएका छन्। आयोजकले मार्समेलो कार्यक्रममा सहभागी हुने भन्दै ३ हजार देखि ७ हजार रुपैयाँसम्मको टिकट बिक्री गरेका थिए। तर, कार्यक्रममा आफू अस्वस्थ्य भएको भन्दै मार्समेलो नआएपछि आक्रोसित समूहले क्लब तोडफोड गरेको थियो।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












