जब वामदेवले मुख खोले अनि मात्रै एमाले पछि हट्यो, अध्यादेश जारी गर्न राष्ट्रपति तयार
काठमाडौं, १४ पुस । राष्ट्रियसभा सम्बन्धी अध्यादेशमा राखेका आफ्नो अडानबाट नेकपा एमाले पछि हटेको छ । एमाले आफ्नो अडानबाट पछि हटेपछि राष्ट्रियसभासम्बन्धी अध्यादेश सम्बन्धि देखिएको विवाद समाधान हुने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीसहितको राष्ट्रियसभासम्बन्धी अध्यादेश पारित गरिनु संविधानविपरीत हुने बताउँदै आएको एमाले अन्ततः आफ्नो अडानबाट पछि हटेको हो ।
अब राष्ट्रपतिले यो अध्यादेश पारित गरे पनि आफूहरुलाई आपत्ति नहुने सन्देश एमाले नेताले बताएका छन् । एमाले हेडक्वार्टरमा ‘हरियो बत्ती’ बलेको संकेत पाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार भएकी छिन् । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले मुख खोलेपछि शीर्ष नेतृत्व आफ्नो अडानबाट पछि हटेका हुन् । बैठकमा गौतमले अध्यादेशमाथि अडान लिइरहने हो भने परिस्थिति बिग्रिने विश्लेषण सुनाएका थिए ।
एमालेले अडान नछाड्ने हो भने कांग्रेसले सत्ता लम्याउँदै जाने र सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भइरहने गौतमले बताएका थिए । बैठकमा केपी ओलीले एकल संक्रमणीय मत प्रणालीका विषयमा पार्टीको अडान यथावत नै रहेको बताएका थिए । तर, हाम्रो अडान रहँदा रहँदै पनि राष्ट्रपतिले अध्यादेश जारी गरिन् भने राष्ट्राध्यक्षले गरेको निर्णय मान्नैपर्ने संकेत ओलीले दिएका थिए ।
त्यसो त ओलीले अध्यादेशमाथिको अडान छाड्ने संकेत स्थायी कमिटीको बैठकमा वामदेवले मुख खोल्नुअगाडि नै माओवादी अध्यक्ष प्रचण्डलाई दिइसकेका थिए । र, यो संकेत माओवादी अध्यक्ष प्रचण्डले बिहानै शीतलनिवास पुर्याइसकेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












