आफ्नो दुस्मन मान्दै आएका राजेन्द्र महतो ओली सरकारमा मन्त्री बन्न मरिहत्ते गर्दै
काठमाडौं, १४ पुस । कुनै समय नेकपा एमाले राजपाको मुख्य दुस्मन थियो । मधेश विरोधिको रुपमा एमालेले परिचित गराउँदै मधेशवादी दलले राजनीति गरे । एमालेले मधेशी जनताको अधिकारमाथि धावा बोलेको भन्दै राजपाले एमालेलाई मधेशमा प्रवेश निषेध समेत गयो । यहि आँडमा राजपाले मधेशमा राम्रै मत ल्यायो भने एमालेले आफ्नो जनआधार गुमाउन पुग्यो । तर यतिबेला समय परिवर्तन भएको छ ।
बेला फेरिएको छ । जसरी पनि सत्ता केन्द्रीत हुनुपर्ने मधेशवादी दलको चाहनाले राजपा नेताहरु फेरी कुनै समय आफ्नो मुख्य दुस्मन मान्दै आएको एमाले नजिक हुन थालेका छन् । पछिल्लो समय राजपा नेता राजेन्द्र महतोले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने रटान छाडेका छैनन् । हरेक कार्यक्रममा उनले प्रदेश नम्बर २ मा मधेसी दलको सरकार बन्ने बताउँदै उनले संघीय समाजवादी फोरमको तारिफ गर्ने गरेका छन् । यदि राजपा र फोरमबीच सहकार्य भएमा प्रदेश नम्बर २ मा मुख्यमन्त्री संघीय समाजवादी फोरमले पाउने छ ।
तर, महतोको भित्री उद्देश्य भनेको वामपन्थी नेतृत्वको सरकारमा सहभागी हुने रहेको बताइएको छ । त्यसका लागि उनले एमालेका प्रायः सबै नेताहरूसँग छलफल गरिसकेका छन् । यदि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए भने महतो सो सरकारको मन्त्री हुने निश्चित छ । महतोले त्यसरी नै आफुलाई प्रस्तुत गरिरहेका छन् ।
चुनावको परिणाम आएलगत्तै ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम सहभागी हुने निश्चित भइसकेको थियो । त्यसबेलासम्म अरु पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा ओली र यादवबीच कुनै समझदारी भएको थिएन । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओली उपेन्द्र यादवलाई लिएर सरकार बनाउने तयारीमा लागेको’ भन्ने रहस्य खोलिदिएपछि अहिले स्थिति फरक देखिएको छ ।
ओली प्रधानमन्त्री भएमा सो सरकारमा सहभागी हुन राजेन्द्र महतोले नयाँ सूत्र फेला पारेका छन् । स्रोतका अनुसार संविधान संशोधन गर्ने सर्तमा राजपा सरकारमा सहभागी हुनेछ । तर, राजपाका अधिकांश नेता ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने पक्षमा देखिएकाले राजेन्द्र महतो सकसमा परेका छन् । सोही कारण महतोले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने भन्ने रटान लाउन नछोडेको राजपाका एक केन्द्रीय सदस्यले बताए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











