समानुपातिक सूचिमा नेताका श्रीमती देखि गर्लफेण्डसम्मको लस्कर, को को छन् सूचीमा ?
काठमाडौं, १६ पुस । समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचनको सिट बाँडफाँडमा राजनीतिक दलहरुबीच भाँडभैलौ मच्चिएको छ । आफुलाई लोकतन्त्रवादी, र पारदर्शिता जनाएको बताउने गरेका राजनीतिक दलहरुभित्र यतिबेला सिट बाँडफाँडमा भाँडभैलो नै मच्चिएको हो ।
राजनीतिक दलहरुले नेताका गर्लफ्रेन्डदेखि श्रीमतीसम्मलाई समानुपातिकको सूचिसहित निर्वाचन आयोगमा बुझाएपछि नेताहरुबीच हात हालाहाला तथा कुटाकुट समेत भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको थियो । त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका असन्तुष्ट नेताहरुले भने कार्यालयमै तोडफोड समेत गरेका थिए ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४० तथा माओवादी केन्द्रले १५ सिट पाउनेछ । त्यस्तै राजपा र संघीय समाजवादी फोरमले ७÷७ सिट पाउनेछन् । राष्ट्रियसभाको अध्यादेशलाई देखाउँदै निर्वाचन आयोगले आधिकारिक रुपमा सिट बाँडफाँड गरिसकेको छैन ।
एमालेबाट २ जनामात्र पुरुष सांसद बन्नेछन् । जसका लागि २० भन्दा धेरै लबिङमा छन् । तर, एमालेबाट दलित तथा मुस्लिम पुरुषले अवसर पाउने सम्भावना छ । एमालेबाट महिलातर्फ भने ठूला नेताका श्रीमती र आफन्तहरु समेत समानुपातिक सूचिमा छन् ।
उपाध्यक्ष वामदेव गौतमकी श्रीमती तुलसी थापा, शंकर पोख्रेलकी श्रीमती सुजिता शाक्य, पार्टीको निर्वाचन विभागका प्रमुख सोमनाथ प्यासी समानुपातिकमा रहँदा उनकी बहिनी प्रभा कोइराला, कृष्णगोपाल श्रेष्ठकी श्रीमती विना श्रेष्ठ, सुवास नेम्वाङकी बहिनी विजय सुब्बा समानुपातिकमा सूचीमा छन् । त्यस्तै माओवादी केन्द्रमा पनि धेरै नेताका श्रीमती समानुपातिक सूचीमा छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल नै समानुपातिक सूचीमा छन् । माओवादीका नेता वर्षमान पुनकी श्रीमती ओनसरी घर्तीमगर, देब गुरुङकी श्रीमती यशोदा सुवेदी, हितमान शाक्यकी श्रीमती अमृता थापामगर, तेजप्रसाद ओलीकी श्रीमती जुनकुमारी रोका, शक्ति बस्नेतकी श्रीमती सत्या पहाडी समानुपातिकमा छन् ।
त्यस्तै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड र श्रीमती मञ्जु खाँड दुवै जना समानुपातिक सूचिमा छन् । त्यस्तै राजपा नेपालका नेता शरदसिंह भण्डारीकी प्रेमिकाका रुपमा चिनिने निर्जला राउतलाई जसरी पनि समानुपातिक सांसद बनाउन पार्टीभित्र लबिङ सुरु गरिसकेका छन् । यसअघि पनि उनले निर्जलालाई सांसद बनाएका थिए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











