श्रीमती आरजू देखि रामचन्द्र पौडेलसम्मलाई राष्ट्रिय सभामा लैजाने देउवाको तयारी
काठमाडौं, १६ पुस । नेपाली कांग्रेसभित्र प्रदेश र प्रतिनिधि सभामा नराम्रोसँग पराजित भएका नेताहरूलाई राष्ट्रिय सभामा ल्याउन लविङ सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले चुनाव हारेका प्रभावशाली तथा शीर्ष नेताहरूलाई राष्ट्रियसभामा ल्याउनको लागि गृहकार्य सुरु गरेका हुन् ।
पार्टी सभापति नै पराजित भएका नेताहरुलाई राष्ट्रियसभामा ल्याउन सक्रिय भएपछि केही नेताहरूले असन्तुष्टि नै पोख्न थालेका छन् । चुनाव हारेका नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखक, एन.पी. साउद, डा. शेखर कोइराला, चन्द्र भण्डारी, डा. प्रकाशशरण महत, डा. आरजु राणा देउवा, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, महेन्द्र यादव, रामकृष्ण यादव, फर्मुल्ला मन्सुर र दीपकुमार उपाध्यायलाई राष्ट्रिय सभामा लैजानेबारे लविङ भएको छ ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले हारेका नेताहरूलाई राष्ट्रिय सभामा लैजाने विषयको खुलेरै विरोध गरेका छन् । डा. कोइरालाले चुनाव हारेकाहरूलाई यसरी राष्ट्रिय सभामा लैजाने तयारी गर्नु नै गलत भएको टिप्पणी गरेका छन् ।
उनले यसको विरोध गरेपछि उनलाई नै राष्ट्रिय सभामा लैजाने तयारी गरेपछि उनको पनि मुख बन्द भएको एक नेताले बताए । उनका अनुसार पार्टी सभापति देउवाले आफ्नो क्षेत्रका रमेश लेखक, एनपी साउव, आफ्नै पत्नी आरजू राणालाई पहिलो प्राथमिकतामा राखेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












