सरकारले २५ सय भन्दा बढी लाइसेन्स खारेज गर्दै, कतै तपाईको पनि परेन् ?
काठमाडौं, १६ पुस । सरकारले २५ सय भन्दा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा बढी लाइसेन्स खारेज हुन लागेका हुन् । लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ।
बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो एक वर्षमा राजधानीका यातायात कार्यालयहरुबाट ३ हजार भन्दा धेरै लाइसेन्स वितरण गरिएका छन्। तीमध्ये करिब ९० प्रतिशत नक्कली कागजपत्रका आधारमा वितरण भएको विभागकै छानबिनबाट खुलेपछि खाजेर गरिन लागेको हो । ‘नक्कली कागजपत्रका आधारमा जारी भएका सबै लाइसेन्स खारेज हुनेछन्,’ यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, ‘त्यसरी लाइसेन्स दिने र लिनेहरु समेत कारबाहीको भागीदार हुने छन्।’
सबैभन्दा धेरै सुकेधारास्थित यातायात व्यवस्था कार्यालयबाट नक्कली कागजपत्रका आधारमा लाइसेन्स जारी गरिएको थियो। विभागले नै गरेको आन्तरिक छानबिनमा सो कार्यालयबाट पछिल्लो ८ महिनामा जारी भएका २६ सयमध्ये धेरै लाइसेन्स नक्कली कागजपत्रका आधारमा वितरण भएको खुलेको छ।
नक्कली लाइसेन्स प्रकरणमा अख्तियारले यातायात व्यवस्था कार्यालयका प्रमुख सुन्दर भट्टराईसहित चार जना कर्मचारीलाई पक्राउ गरेको छ । शाखा अधिकृत यमलाल ढकाल, नासु यादब पौडेल, खरिदार सुमन पोख्रेल आयोगको हिरासतमा छन्। राजधानीका अन्य तीन कार्यालयमा पनि विभागले छानबिन गरिरहेको छ। अन्य कार्यालयहरुमा भने थोरै मात्र लाइसेन्स नेपालीकरण गरिएको थियो।
सम्बन्धित देशमा बसेको प्रमाण, दुतावासको पत्र लगायतका कागजपत्र चाहिने भएपनि सबै नक्कली बनाएर विचौलियाहरुसँग मिलेर कर्मचारीहरुले बिदेशी लाइसेन्स नेपालीकरणको नाममा लाइसेन्स जारी गर्दै आएका थिए। त्यसवापत प्रतिलाइसेन्स २५ हजारदेखि ८० हजार रुपैयाँसम्म लिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











