जाने बेला देउवा सरकारका यी मन्त्रीहरुको लाजमर्दो चर्तिकला
काठमाडौं, १६ पुस । यतिबेला सरकार मन्त्रीहरु विभिन्न चलखेलमा व्यस्त रहेका छन् । सरकारले आयू दिनप्रतिदिन कम हुँदै गर्दा सरकार केही मन्त्रीहरु विभिन्न चलखेलमा लागेका हुन् । उनीहरु विभिन्न निकायमा आफ्ना मान्छे भर्ति गर्ने देखि लिएर विभिन्न योजनाहरु आफ्नो हात पार्ने सम्मका हर्कतमा लागेका हुन् ।
सरकारबाट बाहिरिनुपूर्व अधिकांशमन्त्री आफ्ना कार्यकर्तालाई लाभको पदमा नियुक्त गर्न र आफू अनुकुलको स्वार्थका निर्णय गराउन लागि परेका हुन् । उनीहरूले मन्त्रीपरिषद्बाट गर्नुपर्ने निर्णयका लागि प्रस्ताव तयार गर्न र मन्त्रालयबाटै गर्न सकिने निर्णयलाई सहजीकरण गर्नसमेत कर्मचारीलाई दबाब दिन थालेका छन् । जसले गर्दा सरकारी कर्मचारी दिक्क भएका छन् । नीति नियमभन्दा आफ्नो स्वार्थ पुरा गर्न शक्तिको आँडमा मन्त्रीहरु मन्त्रालयका सचिवहरुदेखि लिएर अन्य कर्मचारीलाई मिसयुज गर्न थालेका हुन् ।
निर्वाचन आचारसंहिता सकिएलगत्तै केही मन्त्रीले कार्यकर्तालाई विभिन्न लाभको पदमा नियुक्त गर्न दबाब दिएका हुन् । यसअघि निर्वाचन आचारसंहिताका कारण नयाँ नियुक्ति र सरुवा बढुवा गर्न अप्ठेरो स्थिति रहेको थियो । निर्वाचन परिणाम आफ्नो अनुकुल नआएपछि अधिकांश मन्त्री पदमा रहँदै आफ्नो अनुकुलका नियुक्ति र निर्णय गर्न हतारिएका स्रोतले जनाएको छ ।
सत्ताबाट बाहिरिनुअघि आफ्नो स्वार्थ पूर्ति गरेर बाहिरिने उद्देश्यले मन्त्रालयमा मन्त्रीहरू सक्रिय रहेको कर्मचारीहरूको आरोप छ । आफू अनुकुलको निर्णय गर्न नपाएपछि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीहरू मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका थिए । त्यसपछि बिहीबार र सोमबार मन्त्रीहरूले दबाब थप तीब्र पारेको सम्बन्धित मन्त्रालयका सहसचिव तथा सचिवहरूले बताएका छन् ।
जीतेन्द्र नारायण देव नागरिक उड्यनको महानिर्देशक परिवर्तनको खेलमाः
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीतेन्द्रनारायण देव नागरिक उड्यन प्राधिकरणका महानिर्देशक परिवर्तन गर्न नसक्दा तनावमा देखिएको मन्त्रालयका एक कर्मचारीले बताए । मन्त्री देवले निर्वाचनअघि नै प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमलाई परिवर्तन गर्न चाहेका थिए । उनले प्राधिकरणका महानिर्देशकमा गौतमलाई हटाएर सहसचिव सुरेश आचार्यलाई नियुक्त गर्न दबाब दिइरहेका छन् । तर, मन्त्रालयले अहिलेसम्म आचार्यलाई डिजी बनाउने प्रस्ताव तयार गरेको छैन ।
यस्तै, मन्त्री देवले लुम्बिनी विकास कोषको सदस्यसचिव, तारागाउँ विकास समितिको कार्यकारी अधिकृत, बृहत्तर जनकपुर विकास समितिको कार्यकारी अधिकृत नियुक्तिमा पनि चासो देखाएका छन् । यसैगरी, उनले पशुपति क्षेत्र विकास कोषमा दुईजना बोर्ड सदस्य नियुक्त गर्न दबाब दिएका छन् । कर्मचारीहरूका अनुसार उनले बोर्ड सदस्य शीला पन्तलाई निरन्तरता दिन पनि दबाब दिइरहेका छन् ।
विजय गञ्छदारको आँखा पशुपतिको बालुवामाः
स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको रुचिअनुसार देवले पशुपति क्षेत्र विकास कोषको बालुवा टेन्डरका लागि प्रक्रिया अघि बढाउन पनि दबाब दिइरहेका छन् ।
मोहन बस्नेको आँखा दूरसञ्चारको सदस्य नियुक्तिमाः
सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले दूरसंचार बोर्डको सदस्य नियुक्तिका लागि दबाब दिँदै आएका छन् । उनले त्यसका लागि प्रस्ताव तयार पार्न निर्देशन दिएका छन् । तर, अहिलेसम्म प्रस्ताव तयार हुन सकेको छैन । यस्तै, सञ्चारसँग सम्बन्धित अन्य विभिन्न स्थानमा नियुक्तिमा पनि मन्त्री बस्नेतको चासो छ । उनले आधा दर्जन युवतीलाई टेलिकममा जागिर लगाउन मरिहत्ते गरेका छन्। दुर्इ जना युवती उनका रमाइलोका सारथी भएको श्रोतको भनाइ छ।
सुनील थापाको ध्यान विभिन्न संस्थानमाः
उद्योगमन्त्री सुनीलबहादुर थापाले विभिन्न संस्थानहरूको बोर्ड सदस्य नियुक्त गर्न दबाब बढाएको मन्त्रालय स्रोतले जनाएका छन् । यस्तै, उनले घरेलु समितिको कार्यकारी निर्देशक नियुक्त गर्न विशेष दबाब दिएका छन् । उक्त पदमा मन्त्रीपरिषद्बाट नियुक्त गर्नुपर्ने हुन्छ । तर, मन्त्रालयले प्रस्ताव तयार पार्न नमानेको मन्त्रालय स्रोतको भनाई छ ।
गोपाल दहित आफ्नो पक्षमा विभिन्न निर्णय गराउनमा व्यस्तः
भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले निर्वाचन लगत्तै भूमिसुधार व्यवस्था विभागका महानिर्देशक परिवर्तन गरेका छन् । तोकिएका फर्म र व्यक्तिलाई जग्गा कित्ताकाट गरी किनबेच गर्न दिने निर्णय कार्यान्वयन गर्न असहयोग गरेको आरोपमा मन्त्री दहितले महानिर्देशक टिकाराम घिमिरेलाई हटाएर मुक्तिप्रसाद आचार्यलाई महानिर्देशक बनाइसकेका छन् । अहिले मन्त्री दहित गैरआवासीय नेपाली उपेन्द्र महतोले ललितपुरको नख्खुमा खरिद गरेको हदबन्दी भन्दा बढीको जग्गा उनको स्वामित्वमा रहने गरी निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् ।
मुख्यसचिव, सचिवहरुलाई एमालेको निर्देशनः
नेकपा एमालेले मुख्य सचिव र सचिवहरुलाई सरकारले गरिरहेका विभिन्न निर्णयहरु रोक्न आग्रह गरेको छ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सबैभन्दा पहिलो दल बनेको एमालेले अहिलेको सरकारले गरिरहेका सबै निर्णयहरु अवैधानिक भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न आग्रह गरेको हो ।
अहिले गरेका नियुक्ति, सरुवा, बढुवा तथा निर्णयहरु अब आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले परिवर्तन गर्ने भन्दै सचिवहरुलाई एमालेले यस्तो निर्देशन दिएको हो । एमालेको निर्देशनपछि मुख्यसचिव तथा सचिवहरुले मन्त्रालयगत तथा मन्त्रीपरिषद्को निर्णयमा हस्तक्षेप गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












