ताजा समाचार

नयाँ वर्षकै दिन उत्तर कोरियालीले दियो अमेरिकालाई ध्वस्त पार्ने चेतावनी

प्योङयाङ, १७ पुस । उत्तर कोरियाका शासक किम जोङ उनले अमेरिकालाई बढी निहू नखोज्न चेतावनी दिएका छन् । अमेरिका, बेलाययत लगायत विश्वका विभिन्न मुलुकले नयाँ वर्षको स्वागत गरिरहँदा उत्तर कोरियाली शासक किमले अमेरिकालाई ध्वस्त पार्ने परमाणुको स्वीच आफ्नो टेबुलमा रहेको बताएका हुन् ।

उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको प्रष्ट पार्दै आफ्ना सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको बताएका हुन् । आफूले जहिलो चाह्यो, त्यसैबेला ती क्षेप्यास्त्र प्रयोग गर्न सक्ने उनको भनाइ थियो ।

उनले आफ्नो मुलुक ठूलो परमाणुृ शक्ति बनेर स्थापित हुने दावी गर्दै अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने बताए । उनले भने, ‘मैले ब्ल्याकमेल गरेको होइन, यो नै वास्तविकता हो ।’ सन् २०१७ मा उत्तर कोरियाले अनेक क्षेप्यास्त्र परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उसले निरन्तर परमाणु कार्यक्रमलाई अघि बढाइरहेको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org