अयोधीलाई थर्काउन देउवाका उप प्रधानमन्त्री नै निर्वाचन आयोग पुगेपछि…
काठमाडौं, १७ पुस । नयाँ सरकार गठनका लागि राष्ट्रियसभा आवश्यक हुने कि नहुने विषयमा छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका छन् । राष्ट्रियसभा गठनअघि प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या तोक्न मिल्नेरनमिल्ने विवादकाबीच वाम गठबन्धनका नेताहरु आयोग पुगेका हुन् ।
वाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या तोक्न आयोगको ध्यानाकर्षण गराएको छ। नेकपा एमालेका उपाध्यक्ष भीम रावल, संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङसहित अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र पाण्डे लगायतका नेता निर्वाचन आयोगमा पुगेका हुन्। यस्तै माओवादी केन्द्रका तर्फबाट बिना विभागीयमन्त्री कृष्णबहादुर महरासहित वर्षमान पुन, रामनारायाण बिडारी लगायतका नेता निर्वाचन आयोग पुगेका छन्।
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद सिफारिस गर्न र नयाँ सरकार गठन गर्न नमिल्ने तर्क गर्दै आएको छ। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तत्काल मिति तोकिए पनि १ महिनाको समय लाग्ने बताउँदै आएको छ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि सरकार छोड्नका लागि संसद पूर्ण हुनुपर्ने बताउँदै आएको छ। संविधानमा प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संघीय संसद भनिएको छ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












