यी हुन् होटलमा सेक्स गर्दै गर्दा रंगेहात पक्राउ परेका ६ महिला र ११ पुरुष पक्राउ
महोत्तरी, १८ पुस । प्रहरीले एक होटलबाट आपत्तिजनक अवस्थामा रहेका १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरस्थित एक होटेलमा मध्यरात छापा मारी संचालकसहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार राति साढे १० बजे छापा मारेको हो ।
होटेलमा आपत्तिजनक कार्य हुँदै गरेको गोप्य सुचनाको आधारमा रेड हानिएको र उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित प्रमुख तथा प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरेलले जानकारी दिए ।
उनले पक्राउ परेका अधिकांश पुरुष भारतीय नागरिक भएको बताए । भारतीय नागरिकहरू नयाँ वर्ष मनाउन नेपाल भित्रिएको र तीमध्ये केही अनैतिक क्रियाकलापमा संलग्न भएको सूचना पाएपछि छापा हानिएको प्रहरीको भनाइ छ ।
छापा हान्न प्रहरी पुग्दा होटलको मुख्यगेट बन्द थियो । प्रहरीले खोल्न आग्रह गरे पनि लामो समयसम्म खोलिएको थिएन । प्रहरीले धेरैबेरको अथक प्रयासपछि गेट खोलेको थियो ।
होटलको कोठामा छापा मार्दा त्यहाँको अवस्था आपत्तिजनक पाइएपछि तत्काल समातेर आवश्यक जाचबुझ तथा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












