देउवाले आफु विरुद्ध लागेका रामचन्द्र, शशांक लगायतका नेतालाई बालुवाटार बोलाए
काठमाडौं, १८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएका छन् । अनौपचारिक छलफलका लागि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरूलाई बालुवाटार बोलाएका हुन् ।
बैठकमा बाम गठबन्धनको नेतृत्वमा बन्ने आगामी सरकार र सत्ता हस्तान्तरणबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् । कांग्रेस एमाले–माओवादीको वाम गठबन्धन तोडाएर माओवादी केन्द्रलाई प्रधानमन्त्री बन्न आग्रह गरेको समाचारहरू आइरहेका बेला कांग्रेसका नेताहरूबीच छलफल भएको हो ।
कांग्रेसका सबै नेताहरु प्रक्रिया पुरा गरेर जतिसक्दो चाँडो सरकार हस्तान्तरण गर्ने विषयमा एकमत भएका छन् । उनीहरुले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न राष्ट्रिय सभाको चुनाव गराउनुपर्ने ठहर गरका छन् ।
बैठकले माघ २५ गतेसम्ममा राष्ट्रियसभाको चुनाव सम्पन्न गराउने गरी अगाडि बढ्न सरकारलाई सुझाब दिएको छ । उक्त चुनावअघि नै प्रदेश प्रमुख नियुक्ति गर्नुपर्ने भएकाले साझा र राष्ट्रिय व्यक्ति छानेर प्रदेश प्रमुख नियुक्ति गर्न बैठकले प्रधानमन्त्री देउवालाई सुझाब दिएको छ ।
प्रदेश सासंदलाई शपथ खानका लागि प्रदेश प्रमुख अर्थात गभर्नर नियुक्ति अनिवार्य भएको बैठकको निष्कर्ष छ । प्रदेश राजधानी तोक्ने विषयमा भने अन्य दलहरुसँग पनि सहमति खोज्नुपर्ने नेताहरुले बताएका छन् । हतारमा अस्थायी राजधानी तोक्दा जनता पनि असन्तुष्ट हुन सक्नेतर्फ बैठकमा छलफल भएको थियो ।
पार्टीले चुनावमा बेहोरेको पराजयको बारेमा समिक्षा गर्न केन्द्रिय समिति र महासमिति बैठक जति सक्दो चाँडो बोलाउने विषयमा सभापति देउवा लगायत सबै शीर्ष नेताहरु सहमत भएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












