के माओवादी मन्त्रीहरु मासिक ६० हजार ९ सय ७० रुपैयाँ तलब बुझ्न कै लागि सरकार बसिरहेका हुन् ?
काठमाडौं, १८ पुस । शेरबहादुर देउवा नेतृत्वको सरकारमा विना विभागीय बनेर बसिरहेका माओवादी मन्त्रीहरुले अझै राजीनामा दिएका छैनन् । प्रधानमन्त्री देउवाले असोज ३१ मै जिम्मेवारीविहीन बनाएका माओवादी मन्त्रीहरूले अहिलेसम्म पनि राजीनामा नदिएका हुन् । कुनै काम र जिम्मेवारी नहुँदा पनि तलब-सुविधाकै लोभले राजीनामा नदिएको भन्दै उनीहरूको आलोचना हुन थालेको छ ।
माओवादी केन्द्रबाट सरकारमा सहभागी १६ (नौ मन्त्री र सात राज्यमन्त्री) मन्त्री साढे दुई महिनादेखि बिनाविभागीय छन् । सिंहदरबारमा बस्ने ठाउँसमेत नभए पनि उनीहरू सरकारी गाडीमा अंगरक्षकको जत्थासहित हुइँकिइरहेका छन् । तलबभत्ता बुझ्ने मात्र नभएर अधिकांश पुल्चोकस्थित मन्त्रीनिवासमै बसिरहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार माओवादीका केही मन्त्रीले बिनाविभागीय रहँदासमेत विभिन्न जिल्लामा अनुगमनमा गएको लाखौं रुपैयाँका बिलभर्पाई पेस गरी रकम लिने प्रयास गरिरहेका छन् ।
असोज १८ मा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेले चुनावी तालमेल गर्दै पार्टी एकीकरणसमेत गर्ने घोषणा गरेपछि माओवादी मन्त्री सरकार छाड्ने तयारीमा थिए । तर, सरकारले निर्वाचन सार्न खोजेको भन्दै माओवादीले मन्त्रीहरूलाई फिर्ता बोलाएन ।
माओवादीका तर्फबाट कृष्णबहादुर महरा बिनाविभागीय उपप्रधानमन्त्री छन् भने गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार दरै बिनाविभागीय मन्त्री छन् । यसैगरी, मोहम्मद जाकिर हुसैन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर विक, गोमा कुँवर र वाङ्दी शेर्पा बिनाविभागीय राज्यमन्त्री छन् । उनीहरू मन्त्रिपरिषद् बैठकमा कहिलेकाहीँ मात्रै सहभागी हुने प्रधानमन्त्री कार्यालयका अधिकारी बताउँछन् ।
मासिक तलब ६०९७०ः
जिम्मेवारीविहीन मन्त्रीहरूले मासिक ६० हजार ९ सय ७० रुपैयाँ तलबबापत बुझ्दै आइरहेका छन् त्यस्तै इन्धनबापत २ सय ७ लिटर पेट्रोलको मूल्यबराबर रकमसमेत प्रधानमन्त्री कार्यालयबाट लिइरहेका छन् । जिल्लामा जाँदा दैनिक भ्रमण भत्ताबापत तीन हजार रुपैयाँसमेत उनीहरूले लिइरहेका छन् ।
बिनाविभागीय सबै मन्त्रीको निजी सचिवालयका स्वकीय सचिव, स्वकीय अधिकृत, प्रशासन सहायक, सवारीचालक र कार्यालय सहयोगीले समेत तलबभत्ता बुझ्दै आइरहेका छन् । क्वार्टरबाहिर बसिरहेका मन्त्री÷राज्यमन्त्रीले घरभाडाबापत मासिक ४० हजार रुपैयाँ लिइरहेका छन् ।
यसो भन्छन्, बिनाविभागीय मन्त्रीहरुः
बिनाविभागीय मन्त्री सन्तकुमार थारूले राजीनामा दिने तयारी गरे पनि देउवा सरकार चुनाव सार्न उद्यत भएकाले खबरदारी गर्न राजीनामा नदिएको दाबी गरे । बिनाविभागीय माओवादी मन्त्रीहरूको खबरदारीले चुनाव सार्ने प्रयास असफल भएको दाबी पनि उनले गरे ।
चुनावअघि देउवा सरकार चुनाव सार्ने खेलमा लागेको भन्दै सत्ता नछाडेको बताउँदै आएका मन्त्रीहरुले अहिले सत्ता लम्ब्याउने खेलमा लागिरहेको राजनीनामा नदिएको बताएका छन् । माओवादी केन्द्रका नेता तथा बिनाविभागीय मन्त्री सन्तकुमार थारूले देउवा सरकार सत्ता लम्ब्याउने खेलमा लागेको र सत्ताको लोभ आफूहरूलाई भन्दा कांग्रेसलाई धेरै भएको आरोप लगाए ।
अर्का बिनाविभागीय मन्त्री प्रभु साहले आफूहरूले भन्दा पनि अब प्रधानमन्त्री देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । ‘चुनावमा हारेपछि पनि सत्तामा टाँसिइरहनेहरूले साधनस्रोतको दुरुपयोग धेरै गरेका छन्, हामीले त के गरेका छौं र ?’ उनले प्रतिप्रश्न गरे ।
चौतर्फी आलोचनाको बेवास्थाः
प्रतिपक्षमा भएर पनि सरकारमा सहभागि भईरहेको माओवादी मन्त्रीहरुमाथि लागिरहेको छ । विशेषगरी नेपाली कांग्रेस तथा मधेशवादी दलले उक्त पोईन्टलाई बढी प्रयोग गरेको पाईन्छ । एकातिर प्रतिपक्षमा बसेर सरकारले गरेका काम कारवाहीको विरोध गर्ने अर्को तिर मन्त्रीको तलब भत्ता खाने भन्दै कांग्रेस नेताहरुले वारम्बार टिप्पणी गरिरहेका छन् । आम मानिसहरुले समते ‘कहि नभाको जात्रा हाँडी गाउँमा’ भनेजस्तै भएको बताउने गरेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











