सीमामा भारतीय ज्यादतीः एक नेपालीमाथि मरणासन्न हुनेगरी कुटपिट
कञ्चनपुर, १८ पुस । सीमा क्षेत्रमा भारतीयको ज्यादती दिन प्रतिदिन बढ्दै गएको छ । सीमा क्षेत्रमा बर्षौ देखि चोरी डकैती, लुटपाट सहन बाध्य दोधरा चाँदनीबासी अब भारतीयको कुटपिट पनि सहन बाध्य भएका छन् । भारतीय नागरिकको कुटपिटबाट महाकाली नगरपालिका वडा नम्बर ३ खत्री टोलका छबिलाल बुढा गम्भीर घाइते भएका छन् ।
नयाँ वर्ष मनाउने भन्दै उनलाई भारतीय साथी श्रवण रानाले भोज खुवाउन बोलाएका थिए । उत्तराखण्ड, उधम सिंह नगर, नगरा ग्राम पञ्चायतबाट भोज खाएर फर्किने क्रममा उनीमाथि उनकै साथी श्रवण राना लगायतका ३ जनाले मर्णासन्न गरि कुटपिट गरेका हुन् । कुटपिटपछि उनलाई नालामा बेहोस अवस्थामा फेला पारिएको स्थानियले बताएका छन् ।
भारतीयहरुले नेपाली भूमीमै कुटपिट गरेको घाईते छबिलाल बुढाले बताए । भोज खुवाएपछि बाटोमा भारतीयहरुले बुढालाई एकान्तमा लिएर निर्घात कुटपिट गरि महाकाली नगरपालिकाको एक नालामा बेहोस बनाएर फालेको माहाकाली नगरपालिका वडा नम्बर ३ का वडा सदस्य पप्पु थापाले जानकारी दिए ।
कुटपिटको कारण बुढाको कान तथा टाउकोमा गहिरो चोट लागेको छ । ‘नयाँ वर्षका भोज खुवाउन बोलाए, बाटोमा कुटे’ घाईते छबिलाल बुढाले भने । बुढालाई तिन जना भारतीयहरुले लछारपछार गर्दै कुटेको बताईए । ‘अचानक कुटपिट गर्न थालेपछि ज्यान जोगाउनै धौं धौं पर्यो’ बुढाले भने । सिमा क्षेत्रमा एसएसबी तथा भारतीय नागरिक महाकाली नगरपालिकाका स्थानीयहरु बिगत लामो समय देखि ज्यादती खेप्दै आएका छन् ।
तस्बिरः पप्पु कालापानीको फेसबुकबाट
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











