मलेसियाबाटै नवराज सिलवालले भने, ‘म भागेको हैन्, पूर्व निर्धारित कार्यक्रममा आएको हुँ’
काठमाडौं, १९ पुस । पूर्व डिआइजी एवं नवनिर्वाचित सांसद् नवराज सिलवालले आफु पूर्वनिधारित कार्यक्रमको लागि मलेसिया पुगेको बताएका छन् । प्रहरीले पक्राउ पूर्ज जारी गरेपछि मलेसिया भागेको आरोप लागिरहेका बेला सिलवालले त्यसको खण्डन गरेका हुन् ।
नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद सिलवालले आफु पूर्व निर्धारित कार्यक्रममका लागि मेलेसिया पुगेको भन्दै ‘फरार’ नभएको जानकारी दिए । मलेसियाबाटै टेलिफोनमा कुराकानी गर्दै पूर्व डिआइजी सिलवालले भने, ‘म भागेको भन्ने हल्ला मात्र हो। पूर्वनिर्धारित कार्यक्रमको लागि मलेसिया आएको हूँ।’
आफु ‘एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीुद्वारा आयोजित ‘इष्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेको जनाए ।
सिलवालमाथि मंगलबार नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँले कार्य सम्पादन मुल्याकंन फारममा कीर्ते गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । सोही विषयमा अनुसन्धान गर्नको लागि भन्दै सिलवाललाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ललितपुर प्रहरीको नाउँमा पत्र काटेको हो । गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो।
उनले भने, ‘म धेरै पहिला नै निर्धारित भएको कार्यक्रममा भाग लिन आएको हो। सारा मुलुकलाई थाहा छ, मैले कुनै गलत काम गरेको छैन। शेरबहादुर देउवाले चुनावको हारको पीडा कम गर्न राजनीतिक प्रतिशोध साध्न म माथि प्रहारको प्रयास गरेका हुन।’
डिआइजी सिलवालले अनलाइनमा आएको समाचारको आधारमा कासमू फाइल बुझाएको भन्दै आएका छन्। प्रहरीले संञ्चार माध्यमसम्म अति गोप्य फायल कसरी आइपुग्यो भन्ने विषयमा पनि अनुसन्धान शुरु गरेको छ। उनले भने, ‘पक्राउ पुर्जी कसरी र कस्ता व्यक्तिलाई थुनामा राख्दा दिइन्छ जानकारी नहुनेले जथाभावी प्रचार गरेका छन्। म जोसुकैलाई पनिलाई जवाफ दिन तयार छु। कानून राम्ररी बुझेको छु। जनताको पपुलर भोटबाट चुनिएको प्रतिनिधि हुँ। म भाग्ने मान्छे होइन।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











