अब नयाँ बसपार्कमा यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण गरिने
काठमाडौं, १९ पुस । अबदेखि नयाँ बसपार्कमा लामो दूरीका यात्रुको निशुःल्क स्वास्थ्य परिक्षण हुने भएको छ । नयाँ बसपार्क निर्माण, व्यवस्थापन र सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा स्वास्थ्य परामर्श स्वास्थ्य केन्द्र (क्लिनिक) को स्थापना गरेको हो ।
बुधबारबाट सञ्चालनमा आएको छ । क्लिनिकको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । यो सेवा केन्द्रमा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म ग्रान्डी इन्टरनेशनल हस्पिटलबाट खटिएका स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।
यो सेवा केन्द्रमा प्रेसर तथा सुगर चेकजाँच पनि गर्न सकिनेछ । सामान्य खालका चोटपटकको प्राथमिक उपचार सेवा पनि केन्द्रबाट दिइनेछ । सामान्य ज्वरो, रुघाखोकीको औषधी पनि यात्रुले लिन पाउनेछन् ।
केन्द्रबाट सामान्य स्वास्थ्य समस्याका औषधी पनि निःशुल्क दिने व्यवस्था गरिएको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले जानकारी दिए । केन्द्रमा आउने बिरामीलाई ग्लुकोज, पेन किलर लगायतका औषधी पनि निःशुल्क दिइनेछ । आकस्मिक रुपमा बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स पनि राखिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












