लौ आयो शुक्रकिट नाशक कण्डम, कसरी प्रयोग गर्ने ?
एजेन्सी । गर्भ निरोधका लागि यौन सम्पर्कका बेला लिङ्गमा प्रयोग गर्न सकिने शुक्रनाशक कन्डम बनाइएको छ । पातलो लेटेक्सले यो कन्डम बनाइएको हो । शुक्रनाशक कन्डम चलन चल्तीका अन्य कन्डमभन्दा फरक खालको छ किनभने यसमा शुक्रनाशक रसायनको पत्र चढाइएको छ । सो रसायनले शुक्राणुलाई नाश गरेर गर्भाशयमा पुग्न दिँदैन ।
शुक्रनाशक प्रायः जेली, क्रिम वा फमका रूपमा बजारमा उपलब्ध हुन्छ । शुक्रनाशकमा प्रयोग गरिने रसायन नानोसेनोल–९ हो । यस रसायन शुक्राणुको सक्रियतामा अवरोधक बन्छ ।
वीर्य स्खलित हुँदा शुक्राणु गर्भाशयको मुखमा हुने सर्भिक्सतिर पौडिन थाल्छन् । त्यसरी पौडिरहेका शुक्राणुलाई गर्भाशयमा पुग्नु पहिले नै मार्नेगरी शुक्रनाशक बनाइएको हुन्छ । राम्रोसँग प्रयोग गरेमा परम्परागत कन्डम गर्भ निरोधमा ९८ प्रतिशत प्रभावकारी देखिएको छ ।
शुक्रनाशक कन्डम कत्तिको प्रभावकारी हुने हो भन्ने बारेमा हाल उपलब्ध जानकारीले स्पष्ट हुँदैन । गर्भ निरोधका लागि परिवार नियोजनको कुन साधन प्रभावकारी हुने हो भन्ने विचार गर्दा यौन रोगबाट समेत बचाउने साधनमा ध्यान दिनु बुद्धिमानी हुन्छ ।
यौन सम्पर्कका बेला नियमित रूपमा र राम्रोसँग कन्डम लगाउँदा यौन रोग सर्ने जोखिम धेरै हदसम्म कम हुन्छ । शुक्रनाशक कन्डमको प्रभावकारिता यस पक्षमा जाँच हुन बाँकी नै छ । नानोसेनोल–९ भएको शुक्रनाशकको बारम्बार प्रयोगले बरु एचआईभी सङ्क्रमण र अन्य यौन रोग सर्ने खतरा बढ्ने प्रमाण जुटाइएका छन् ।
नानोसेनोल–९ लाई कन्डममा प्रयोग गरिएपछि यौन रोग रोक्नमा त्यसको प्रभावकारिता जाँच गरिनु आवश्यक छ । तथापि शुक्रनाशक कन्डम महँगो छैन र चिकित्सकको सल्लाह बिना पनि यसलाई प्रयोग गर्न सकिन्छ ।
महँगो नभए पनि शुक्रनाशक कन्डम किन्न परम्परागत कन्डमभन्दा बढी खर्च गर्नुपर्ने छ । तुलनात्मक रूपमा शुक्रनाशक कन्डमको म्याद कम हुन्छ । शुक्रनाशक कन्डमले एलर्जी पनि देखिन सक्छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












