राजस्व अनुसन्धान विभागका कर्मचारीलार्इ शौचालयमा थुन्ने सांसदको धम्की
वीरगञ्ज, २० पुस । पर्साका नवनिर्वाचित सांसद प्रदीप यादवले राजस्व अनुसन्धान विभागका कर्मचारीलार्इ शौचालयमा थुन्ने धम्की दिएका छन्। उनले विभागका कर्मचारीले छापामार शैली अपनाएर उद्योगीरव्यवसायीलार्इ त्रसित बनाएको आरोप लगाउँदै राजस्वका कर्मचारीलार्इ शौचालयमा थुन्ने धम्की दिएका हुन् ।
‘विभागको टोली छापामार शैलीमा आउने गरेका छन् । स्थानीय प्रशासनलार्इ खबर गरेर नियमसंगत हिसाबले नआए शौचालयमा थुनेर सवक सिकाउनेछु’ रुगटा वेलफेयर सोसाइटी वीरगंजले आयोजना गरेको कार्यक्रममा यादवले भने।
संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत हरेका यादवले यस्तो चेतावनी दिएका हुन् । उनी ढुवानी व्यवसायमा आवद्ध छन् । उनका ट्रकहरु विभिन्न उद्योगले भाडामा लिने गरेका छन् ।
उनले प्रमुख जिल्ला अधिकारीलार्इ खबर नगरि छापा मार्न नपाउने जिकिर समेत गरे । ‘पर्सामा पाइला राख्दा यहाका सिडियो र एसपीलाई थाहा हुनुपर्छ,’उनले भने, ‘कसैलाई थाहा हुदैन एकै दिन दर्जनौ व्यापारिक प्रतिष्ठानमा छापा मारी गरी दुख दिइन्छ र करोडौं नजरानाउ उठाइन्छ ।’
उनले वीरगंजका सबै व्यापारी तस्कर नभएको बताउँदै राजस्वको नाममा स्टिङ अपरेशन नगर्न चेतावनी दिए। चार दिन अघि विभागका अनुसन्धान अधिकृत खडानन्द अधिकारीको टोलीले वीरगंजको करिब आधा दर्जन व्यापारिक प्रतिष्ठानमा छापा मारेर अनुसन्धान गरिरहेको छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












