भारतमा बेश्यालय सञ्चालन गर्दै आएका वडाअध्यक्ष छुटाउन डा. रामशरण सक्रिय
काठमाडौं, २० पुस । भारतका विभिन्न स्थानमा वेश्यालय बनाएर नेपाली युवती बेचिरहेको आरोपमा कांग्रेस नेता तथा वडाध्यक्ष सुनबहादुर तामाङ प्रहरी हिरासतमा छन् । प्रहरीले महिला बेचबिखनको आरोपमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष तामाङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
भारतका विभिन्न चार स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेपछि प्रहरीले सुनवहादुरलाई प्रक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तामाङलाई एक हप्ता अगाडी दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो ।
उनलाई छुटाउँन कांग्रेस नेता रामशरण महत सक्रियः
नेपाली युवतीहरुलाई भारतको आफ्नो कोठीमा बेच्दै आएका तामाङलाई छुटाउन कांग्रेस नेता डा. रामशरण महत लागिपरेका छन् । उनलाई छुटाउन डा. महतले प्रधनमन्त्री शेरवहादुर देउवासम्मलाई भेटेरै दवाव दिईरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।
डा. महत हिजो वुधबार प्रधानमन्त्री देउवालाई वालुवाटारमै पुगेर भेटी उनलाई छुटाईदिन आग्रह गरेका थिए । उनको पक्राउले जिल्लामा कांग्रेसमाथी ठूलो क्षती पुगेको र जसरी भए पनि छुटाउनुपर्ने भन्दै देउवासँग महतले लविङ गरेको स्रोतको दाबी छ । त्यसपछि प्रधानमन्त्री देउवाले प्रहरीका एआईजीलाई फोन गरेर उनलाई छुटाउनुपर्ने र त्यसको वन्दोवस्ती मिलाउन निर्देशन दिएका थिए ।
सुनवहादुर विरुद्ध नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएका थिए । पटक पटक अर्थमन्त्री भईसकेका कांग्रेस नेता महत नै कोठी सञ्चालकका पक्षमा लागेर उनलाई छुटाउन प्रधानमन्त्री सम्मलाई दवाव बढाउन पुगेपछि पीडितहरुले न्यायको आश मरेको बताएका छन् । प्रधानमन्त्री देउवाले एआईजीलाई तत्काल छोड्न निर्देशन दिएपछि अनुसन्धान गरिरहेका प्रहरी अधिकारी समेत चकित परेका छन् ।
तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेको प्रहरीले अनुसन्धानले देखाएको छ । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् ।
पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् । ‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङले भने ।
विष्णुका अनुसार सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्,’ विष्णुले भने ।
http://news-nepal.com/715782/
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











