बालुवाटारमा देउवामाथि खनिदै प्रचण्डले भने, ‘देउवा ज्यू के अझै २/४ वर्ष सरकारमै बस्ने हो र ?’
काठमाडौं, २० पुस । सत्ता हस्तान्तरणको विषयलाई लिएर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । बिहीबार बिहान बालुवाटारमा आयोजित पाँच दलको बैठकमा नयाँ सरकार निर्माणका विषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भनाभन भएको हो ।
प्रधानमन्त्री देउवा आफैंले बोलाएको बैठकको सुरुवात गर्दै तीनवटा विषय प्रदेश प्रमुख, अस्थायी राजधानी र राष्ट्रियसभाको चुनावबारे छलफल गर्न आमन्त्रण गरेको भन्दै कुराकानी सुरु गरेका थिए । आफ्नो धारणा राख्दै देउवाले सबै विषयमा सरकारले तयारी गरिरहेको र सत्ता हस्तान्तरण ‘शान्तिपूर्ण’ रुपमा गर्न आफू तयार रहेको बताएका थिए ।
देउवाले आफ्नो छोटो धारणा राख्ने बित्तिकै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’ भन्ने भनाइप्रति आपत्ति जनाउँदै छिटो नयाँ सरकार बन्ने वातावरण बनाउन सुझाव दिए ।
प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एमाले नेता सुवास नेम्बाङले भने, ‘प्रधानमन्त्री ज्यू, शान्तिपूर्ण सत्ता हस्तान्तरण भन्ने तपार्इंको भनाइलाई करेन्सन गर्न चाहन्छु । सत्ता हस्तान्तरण त तपाईंले होइन जनताले गरिसके । तपाईंको हातबाट हामीलाई (वाम गठबन्धनलाई) दिइसके । अब यसलाई कार्यान्वयन गरिदिनुहोस् ।’
प्रचण्डपछि बैठकमा बोलेका एमाले उपाध्यक्ष भीम रावल सकारकारप्रति निक्कै खनिए । भने, ‘राष्ट्रियसभा चुनावको मिति खोइ ? अध्यादेशले अड्कायो भन्नुभयो । त्यो पनि पारित भइसक्यो, बैठक मात्र राख्ने हो कि सत्ता हन्तारण पनि गर्ने हो ?’
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












