यी हुन्, उपचारको नाममा राज्यकोषबाट लाखौं रकम माग्ने करोडपति भिआइपीहरु, कसले कति लिए ?
काठमाडौं, २० पुस । राज्यकोषको चरम दुरुपयोग गर्नेमा राजनीतिक दलका नेताहरु नै सबैभन्दा अगाडि आउँछन् । जनताको सेवा गर्ने भनेर राजनीतिमा होमिएका राजनीतिज्ञहरु राज्यकोषको दुरुपयोग गर्नमा यति उद्ध्त छनकी मानौ उनीहरु राज्यकोषको दुरुपयोग गर्न राजनीतिमा लागेका हुन् । सत्तामा पुगेका बेला ब्रह्मलुट मच्चाउने अनी सत्ताबाहिर रहँदा अर्काको विरोध गर्ने परिपार्टी नेपाली राजनीतिमा कुनै नौलो विषय होईन् ।
आखिर राजनीतिज्ञ भनेका सर्वहारा मानिन्छ । तर नेपालका राजनीतिज्ञ भनेका सम्पत्तिहारा जस्तै भईरहेका छन् । यसको ज्वलत उदाहरण नेताहरु सामान्य विरामी पर्दा पनि राज्यकोषबाट पैसा लगेर विदेशमा उपचार गर्न जाने परिपाटी । राज्यले भिआइपीहरुको लागि भनेर विरामी पर्दा आर्थिक सहायता प्रदान गर्ने गरेको छ ।
त्यसैको फाईदा उठाउँदै नेताहरु आफुलाई भिआइपीको विल्ला भिर्दै राज्यकोषमाथि गिद्धे नजर लगाउँदै आएका छन् । सरकारले उपचारको नाममा भिआइपीहरूलार्इ मोटो रकम उपलब्ध गराउँदै आएको छ । आम जनताले सिटामोल, र सुदुर तथा हिमालका जनताले जीवनजल समेत नपाएर मर्छन् तर नेताहरूले भने बिदेशमा उपचार गर्ने नाममा करोडौँ रकम लिने गरेका छन् ।
तपार्इँ हामीले बुझाएको कर राज्यकोषबाट सरकारले यसरी नेताहरूलार्इ बाँड्ने गरेको छ । अहिलेसम्म दर्जनौँ नेताहरूले राज्यकोषबाट करोडौँ रकम लिइसकेका छन् । सबैभन्दा धेरै नेपाली कांग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री स्व. शुसिल कोइरालाले उपचारका लागि राज्यकोषको ढुकुटी रित्याएका छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एक करोड बढी रकम उपचारका लागि लिएका छन् ्र शुसिल कोइराला, केपी ओली र तथा कांग्रेस नेतृ सुजाता कोइरालाले मात्र होइन धेरै भिआइपीहरूले राज्यकोषकाट उपचारका लागि करोडौँ रकम लिएका छन् । हेरौँ कस्ले कति रकम लियोः
१. पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला– १ करोड ९१ लाख ८१ हजार ३ सय ७३
२.पूर्वप्रधानमन्त्री केपी ओली– १ करोड २६ लाख ३५ हजार १ सय ३७
३.पूर्वराष्ट्रपति रामवरण यादव-६० लाख
४. पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह– ५० लाख ३९ हजार १ सय ७
५. पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोला– ५० लाख
६.पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला– ५० लाख
७. माओवादी नेता नारायणकाजी श्रेष्ठ-३८ लाख
८. पूर्वसांसद स्व. रामनाथ ढकाल– ३२ लाख १८ हजार ४ सय २१
९. पूर्वगृहमन्त्री गोविन्दराज जोशी– २७ लाख ८० हजार
१०. पूर्वप्रधानमन्त्री तुलसी गिरी– २५ लाख
११. पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी– २५ लाख
१२. कांग्रेस नेता खुमबहादुर खड्का-२० लाख
१३. पूर्वपरराष्ट्रमन्त्री स्व साहना प्रधान– १३ लाख ६४ हजार ३ सय ६५
१४. पूर्वराज्यमन्त्री महेन्द्र यादव ७ लाख ८८ हजार १ सय ६५
१५. पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ५ लाख
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












