गोली प्रहारबाट घाइते व्यवसायी तथा एमाले नेता पौडेलको मृत्यु, मनोज पुनले लिए जिम्मा
बुटवल, २१ पुस । बुटवलमा एक व्यवसायीमाथि गोली प्रहारभएको छ । रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा अज्ञात समूहको गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षीय बसन्त पौडेल (बलु) को ज्यान गएको छ । गोली लागेर गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
छाती र टाउकोमा गोली लागेका पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो। अस्पताल ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवन भट्टराईका अनुसार स मिलमा गएका पौडेलमाथि बिहान करिब सबा ११ बजे गोली प्रहार भएको थियो।

डिस्कोभर मोटरसाइकलमा आएका २ जना अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेका थिए। मोटरसाइकलमा आएका उनीहरु गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ । गोली कसले किन हान्यो भन्नेबारेमा अनुसन्धान सुरु भएको डिएसपी पवन भट्टराईले बताए।
घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका मुख्य अभियुक्त मानिएका पुन फरार रहेका छन् । एमालेका स्थानीय नेता समेत रहेका पौडेललाई राजनीतिक वा आर्थिक रिसइवीमा गोली प्रहार भएको भन्नेबारेमा गम्भीर भएर अनुसन्धान गर्न स्थानीयले आग्रह गरेका छन्।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












