‘काठको अर्डर गर्नु छ’ भन्दै पौडेलमाथि गोली प्रहार, रुपन्देहीका सबै नाका सिल
रुपन्देही, २१ पुस । शुक्रबार बिहानै बुटवलका एक काठ मिल व्यवसायीको हत्या भयो । आज बिहान करिब साढे ११ बजे रुपन्देहीको देवदह २ नगरपालिकामा गोली लागी घाइते भएका काठ मिल व्यवसायी बसन्त पौडेल बब्लुको उपचारको क्रममा ज्यान गयो ।
टाउकोमा गोली लागी घाइते भएका पौडेलको लुम्बिनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। बिहान होन्डा साइन मोटरसाइकलमा आएका दुई युवाले पौडेलमाथि गोली प्रहर गरेका थिए। मिल व्यवसायी पौडेललाई ‘काठको अर्डर गर्नु छ’ भन्दै अर्डर टिप्न लाग्दा गोली हानेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएको डिएसपी डिल्लीराम पाण्डेले बताए।
पौडेललाई गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। डिएसपी पाण्डेले भने ‘गोली किन र कस्ले हान्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं’ प्रहरीले रुपन्देही प्रवेश गर्ने सबै नाका सिल गरेर सर्च गरिरहेको छ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












