रक्सी पिएर कार्यालयभित्रै पिसाव फेर्ने कार्यालय प्रमुख पक्राउ
उदयपुर, २१ पुस । नेपाल हो जे पनि यहाँ हुन्छ । आजकल आम मानिसको मुखबाट यस्तै वाक्य बढी सुनिन्छन् । सरकारी कार्यालय होस् वा गैरसरकारी सबैठाउँको अवस्था लाजमर्दो छ । नीति नियम छ तर कार्यालय गर्ने निकाय आफै पालना गर्दैन् । सरकारी कार्यालय भनेको धुम्रपान, मध्यपानबाट टाढा राख्नुपर्ने हो ।
यस्ता पदार्थहरु सेवन गरेका मानिसलाई कार्यालय प्रवेशको ढोका नै बन्द गर्नुपर्ने हो । तर कार्यालय प्रमुख नै यस्तो हर्कतमा लागेपछि कसको के नै जान्छ र । उदयपुरको एक सरकारी कार्यालयको घटनाले हामी सबै नेपालीको शिर नै झकाउन बाध्य बनाएको छ । रक्सी सेवन गरेर कार्यालयभित्र पिसाब फेरेको आरोपमा एक कार्यालय प्रमुख पक्राउ परेका छन् ।
उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिना रक्सी सेवन गरेर कार्यालयभित्रै पिसाब फेरेको आरोपमा पक्राउ परेका हुन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको टोलीले यातायात सेवा कार्यालयमा छड्के अनुगमन गरेको थियो ।
अनुमगनको पूर्व सूचना पाएर फरार भएका यातायातका प्रमुख तिम्सिना गाईघाट गैरुनको उनकै घरबाट पक्राउ परेका प्रमुख जिल्ला अधिकारी कँणेलले जानकारी दिए ।
कँणेलका अनुसार यातायात कार्यालयबाट निमित्त प्रमुख रहेका शिवकुमार तिम्सिनाले मादक पदार्थ सेवन गरी कार्यालय आउने गरेको दैनिक गुनासो आउन थालेपछि छड्के अनुगमन गरेर पक्राउ गरिएको बताए ।
अनुगमनको बेला प्रमुख जिल्ला अधिकारी कँणेलसँग कार्यालयकी खरिदार लक्ष्मी न्यौपानेले कार्यालय प्रमुख तिम्सिना कार्यालय समयमै रक्सी खाएर आउने गरेको गुनासो गरेकी थिइन् ।
न्यौपानेले कार्यालय प्रमुख तिम्सिनाले जताततै पिसाब फेर्ने, महिलाहरूलाई अभद्र व्यवहार गर्ने, अश्लील शब्द बोल्ने गरेको गुनासो प्रमुख जिल्ला अधिकारी कँडेल समक्ष गरेकी थिइन् । प्रमुख जिल्ला अधिकारी कँडेललाई कार्यालयकी सहयोगी पूर्णिमा मगरले आफ्नो तलबसमेत तिम्सिनाले खाइदिने गरेको गुनासो गरेकी छिन् ।
मगरले आफूले पाउने मासिक आठ हजार रुपैयाँमा तीन हजार रुपैयाँ कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिनाले लैजाने गरेको बताइन् । ८ जनाको दरबन्दी रहेको यो कार्यालयमा ३ जना कर्मचारी कार्यारत छन् । स्थापना भएदेखि नै तिम्सिनाले कार्यालय प्रमुखको जिम्मेवारी सञ्चालन गर्दै आएका थिए ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












